विराटचोक,२३ कात्तिक । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा  क्याम्पसकी सहप्राध्यापक कान्ता सुवेदी (पराजुली) ले  कान्ता सुवेदी (पराजुली) ले अक्षय कोष" स्थापना गर्नु भएको छ । सहप्राध्यापक सुवेदीले संयुक्त रुपमा  बुधबार आफ्ना बुबाआमा र ससुरा सासुको स्मृतिमा "प्रेमप्रसाद मधुमाया पराजुली स्मृतिमा दुईलाख रकमको छात्रवृत्ति अक्षय कोष"स्थापना गर्नु भएको हो । 

क्याम्पसको  दिवासत्र कार्यक्रम संयोजक समेत रहनु भएकी सुबेदी उहाँका श्रीमान् विराटनगर १०   निवासी डगेन्द्र पराजुलीले छात्रवृत्तिको उक्त रकम बुधबार एक कार्यक्रमका बीच  क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ । 

पूर्व क्षेत्रकै उत्कृष्ट र शैक्षिक आकर्षणको केन्द्र बनेको हाल क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट दोस्रो चरणको गुणस्तर प्रत्यायान सुनिश्चितता (QAA) को प्रमाणपत्र लिने अन्तिम चरणका कार्यहरू गरिरहेको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहालले बताउनुभयो  ।

Untitled-3 (1) 2

 विद्यार्थी संख्या, गुणस्तर, शैक्षिक कार्यक्रम सञ्चालन, विद्यार्थीका लागि सेवा सुविधा, अध्ययन अनुसन्धान, अभिभावक सम्पर्कमा उत्कृष्ट रहेको यस  क्याम्पसले विद्यार्थी छात्रवृत्ति कोषमा उल्लेख्य वृद्धि गरिरहेको छ । क्याम्पसले दाताहरूबाट प्राप्त अक्षयकोषको व्याज, विभिन्न सङ्घ संस्था, बैङ्क, सहकारी संस्थाबाट प्राप्त अनुदान, क्याम्पस कोष र विश्वविद्यालय अनुदान आयोग नेपालबाट प्राप्त छात्रवृत्तिकोषको व्याजबाट बर्सेनि अठार लाख भन्दा बढि छात्रवृत्ति वितरण गर्दै आइरहेको छ भने कुल विद्यार्थीको छ प्रतिसत विद्यार्थीहरूलाई शुल्क सहुलित प्रदान गरिरहेको छ ।

छात्रवृत्ति र शुल्क सहुलियत बापत बर्सेनि  पैँतिस लाखभन्दा बढि रकम वितरण गर्दै आइरहेको कुरा दहाल बताउनु हुन्छ। यस कामका लागि आज अक्षयकोष प्रदान गर्नुहुने पराजुली परिवारलाई क्याम्पस परिवारले  हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेको छ ।

उक्त छात्रवृत्ति अक्षय कोष रकम हस्तान्तरण कार्यक्रममा सहप्राध्यापकहरु उमेश प्रसाद उप्रेती,एनपी भण्डारी,कर्मचारी प्रशासनका अधिकृत नवराज कोइराला,कर्मचारी युवराज पोखरेलको पनि उपस्थिती रहेको थियो ।