विराटचोक,२४ कात्तिक । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसले उद्धमशिलता कार्यक्रम सञ्चालनका लागि अनुमति पाएको छ । विश्वविद्यालय अनुदान आयोग नेपाल सानोठिमी,भक्तपुरले अनुमति प्रदान गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगले गत भदौमा उद्धमशिलता कार्यक्रम सञ्चालनका लागि आसयपत्र पेस गर्न सबै क्याम्पस तथा विश्वविद्यालयहरूलाई आव्हान गरेको सूचना गरेको थियो । सूचनाअनुसार विभन्न क्याम्पसहरू र विश्वविद्यालयहरूले आवेदन गरेका थिए ।आवेदकहरू मध्येबाट निश्चित मापण्डका आधारमा आयोगले शुक्रबार चारवटा विश्वविद्यालयका २४ वटा क्याम्पसहरूमा छनोट गरेकोमा सुकुना बहुमुखी क्याम्पस छनोटमा परेको हो ।
छनोट भएका क्याम्पसहरूले युवा शिक्षक, कर्मचारी र विद्यार्थीहरूका लागि उत्पादनशील उद्धम, त्यसको बजारीकरण, आय आर्जनका कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेछ । यसका लागि अनुदान आयोगले छनोट भएका क्याम्पसहरूलाई निश्चित विधिका आधारमा वित्तिय अनुदान सहयोग उपलब्ध गराई उद्धमशिलताका कार्यक्रमहरूको सञ्चालनमा सहयोग पुर्याउँनेछ।
सुकुना बहुमुखी क्याम्पसले पनि आगामी दिनमा उद्धमशीलताका क्षेत्रहरूको सम्भावना खोजी गरी युवा शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई बस्तु तथा सेवाको उत्पादन र त्यसको बजारीकरणमा लगाउने कार्यक्रम सञ्चालन गर्नेकुरा सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद दहालले बताउनु भयो ।
विश्वविद्यालय अनुदान आयोगले उद्धमशिलताका कार्यक्रम सञ्चालन गर्न अनुदान दिनेगरी क्याम्पसलाई छनोट गरेकोमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आयोगलाई आभार सहित धन्यवाद दिनुभएको छ ।
यस्तो छ विश्वविद्यालय अनुदान आयोगको सूचना




















