• भगवती अर्याल 

विराटचोक,१६ मङ्सिर । मोरङको  सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पुनर्गठन गरिएको छ । शुक्रबार क्यम्पसको सभाकक्षमा भएको पुर्व विद्यार्थीहरुको भेलाले नारायण सुवेदीको अध्यक्षतामा १३ सदस्यीय समिति  निर्मार्ण भएको हो ।

Untitled-2 1समितिको उपाध्यक्षमा भवानी पोखरेल,सचिवमा अर्जुन गजुरेल सहसचिवमा लावन्यकुमार अधिकारी,कोषाध्यक्षमा प्राञ्जली ढकाल चयन  भएका छन् । त्यसैगरी सदस्यहरुमा खेमराज दाहाल,लोकप्रकाश भट्टराई,भक्तिप्रसाद रेग्मी,भोला खतिवडा,गोविन्द श्रेष्ठ,भक्त खड्का,अनिल कार्की,पुष्कर भट्टराई रहेका छन् ।उक्त समिति चयन गर्नका लागि सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालको संयोजकत्वमा पुर्वविधार्थी  नवराज चापागाईँ र विश्वनाथ निरौला रहेको ३ सदस्यीय   निर्वाचन समितिले पूर्वविद्यार्थी समाजको नाम घोषणा गरेको थियो  I 

Untitled-2 (3) 1सोहि कार्यक्रममै स्ववियुका पूर्वपदाधिकारीको क्लव पनि गठन गरिएको थियो । सस्थापक स्ववियु सभापति यज्ञराज सुवेदीको संयोजकमा ७ सदस्यीय कल्व गठन गरिएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा भूपाल बस्नेत,शंकर बजगाईं,ऋषीराज रेग्मी,लीलाप्रसाद आचार्य,राजेन्द्र खवास रहेका छन् । 

पुर्व स्ववियु सभापति तथा पूर्वविद्यार्थी समाजका अध्यक्ष राजकुमार ओझाको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख  अर्जुनराज अधिकारीको प्रमुख आतिथ्यता रहेकोथियो । प्रमुख अतिथि अधिकारीले भेलाको उद्घाटन गर्दै पूर्वविद्यार्थीहरू र क्याम्पसको संञ्जाल तयार गरी मैत्रिपूर्ण सम्बन्ध कायम गर्नु आवश्यक रहेको बताए । पूर्वविद्यार्थी समाजका नवनिर्वाचित अध्यक्ष सुवेदीले सबैलाई धन्यवाद ज्ञापन गर्दै सबै पूर्वविद्यार्थीहरूलाई एउटा सञ्जालमा एकीकृत गर्ने प्रतिवद्धता व्यक्त गरे । 

Untitled-2नवनिर्वाचित समितिलाई पूर्वविद्यार्थी द्वय ललितबहादुर श्रेष्ठ र नवराज चापागाईँले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा निर्वाचन समितिको हैसियतले संयोजक दाहालले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।