विराटचोक,२४ मंसिर । मोरङको सुकुना बहुमुखी क्याम्पसमा महिलालाई सताउने ठूलो समस्या पाठेघरको मुखमा लाग्ने क्यान्सर र त्यसको उपचारका विषयमा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएकोछ । 

क्याम्पसको विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा आइतबार विज्ञान,स्वास्थ्य र जनसङ्ख्या विषयमा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । Untitled-4 26उक्त कार्यक्रममा अमेरिकाका युवा वैज्ञानिक डा. विष्णु रायामाझीले महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर लाग्ने कारण, क्यान्सर लाग्न नदिने उपाय,यस्को क्यान्सरका विशेषताहरू, र त्यसको उपचार विधिका उपायहरूका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । यस्तो क्यान्सरको उपचारका लागि आफूले वर्षौँको मेहनतबाट इन्जेक्सन पत्ता लगाएको र यस रोगबाट बच्नका लागि विश्वका विभिन्न देशमा काम गरिरहेको कुरा डा.रायामाझीले बताउनु भएको थियो । 

Untitled-4 (1)कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र विज्ञान विषयका शिक्षकहरू समेत सहभागी भएको र कार्यक्रम लाभदायक भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइका प्रमुख गणेशप्रसाद दहालले बताउनुभयो ।

 क्याम्पसले आवधिक रुपमा समाज र विद्यार्थी जीवनकालागि आवश्यक पर्ने ज्ञान र सीप विकासका लागि यस्ता ज्ञानवर्धक कार्यक्रमहरू सञ्चालन गर्ने र यस्ता कार्यक्रमहरूका लागि क्यामपसले सबैलाई सहयोग गर्ने कुरा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनु  भयो । उक्त कार्यक्रममा शिक्षक विद्यार्थी सहित एक सय तीस भन्दा बढिको  सहभागीता रहेको सहायक क्याम्पस प्रमुख दहालले जनाकारी दिनुभयो।

Untitled-4 (2)