विराटचोक१७ पुस ।  मोरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसमा बिआईसिटिई प्रथम सेमिष्टरमा अध्ययन गर्न आउने नवआगन्तुक विद्यार्थीहरूलाई  एक समारोह बीच स्वागत गरिएको छ । क्याम्पसको बिआईसिटिई विभागले उनीहरुलाई मंगलबार साँस्कृतिक कार्यक्रम सहित खादा र फुलमाला तथा अविर लगाएर स्वागत गरेको हो । 

Untitled-2 बिआईसिटिईका शिक्षक पुष्कल गौतमले सहभागी सबैलाई स्वागत गरेका थिए  ।  उक्त कार्यक्रममा आठौँ सेमिष्टर पूरा गरेका विद्यार्थीहरूलाई फूलमाला‚अविर लगाएर र मायाको चिनो हस्तान्तरण गरी विदाइ पनि गरिएको थियो  । कार्यक्रमको पहिलो सत्रमा नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमूखीकरण गरिएको थियो । अभिमूखीकरण कार्यक्रममा बिआईसिटिई विषयका शिक्षक विप्लव ढकालले कोर्सको प्रकृति‚ आन्तरिक र वाह्य मूल्याङ्कन‚ प्रयोगात्मक र परियोजनात्मक कार्य‚ क्याम्पसले प्रदान गर्ने सेवा सुविधा र विद्यार्थीहरूले पालना गर्नु पर्ने नियमका विषयमा अभिमुख गराएका थिए । पहिलो सत्रको कार्यक्रम बिआईसिटिई विषयका शिक्षक धर्मकुमारी कालाखेतीले सञ्चालन गरेकि थिइन् ।

49d1e49c-f043-4f88-9014-084bff6098a1दोस्रो सत्रको कार्यक्रम बिआईसिटिई चौथो सेमिष्टरका विद्यार्थी सुभाष गिरीले सञ्चालन गरेका थिए । बिआईसिटिई कार्यक्रमका फोकल पर्सन ई. सन्तोष दाहालको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै तह पार गरेका विद्यार्थीहरूलाई विदाइ गरेका थिए ।

त्यसैगरी   क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै तह पार गरी विदाइ हुने विद्यार्थीको उज्ज्वल भविश्यको कामना गरेका थिए । कार्यक्रममा बिआईसिटिईका सबै सेमिष्टरका विद्यार्थीहरू‚ शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको कुरा सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए  ।