- ✍️ राधाकृष्ण देउजा
आज नेपालको राजनीतीमा बुढा पुराना देखि नयाँ भनिनेहरु समेत ठुला ठुला आर्थिक घोटालामा संलग्न रहेको मात्रै नभई त्यसबाट प्रत्येक्ष लाभ लिएको सप्रमाण समाचारहरु आइरहेको अवस्थामा मलाइ भने तत्कालिन नेकपा एमालेको शक्तिशाली नेता रहेको समयमा कुनै एक टेलिभिजनमा अन्तर्वार्ता दिंदै गर्दा माधव नेपालले स्मरण गर्दै सुनाउनु भएको एउटा प्रसँग याद आइरहेको छ ।
त्यसको विस्तृत चर्चा अगाडी नै एउटा सत्य स्वीकार गरेर नै सुरुवात गर्नु उचित र अर्थपूर्ण पनि होला त्यो के भने आजको दिनमा समकालीन नेताहरु मध्य माधव नेपाल मैले सम्मान गर्ने श्रीष नेताहरुको सुचीमा पहिलो नम्बरमै हुनुहुन्छ । यद्धपि माधव नेपाल प्रतिको सम्मान बढदै जानुमा कतिपय अध्यन , कति अनुसन्धान अनि कति अनुभवले काम गरेका छन । अव चर्चा गरौँ माधव नेपाल प्रतिको मेरो सम्मानको आधार तयार गर्न मुख्य भूमिका निर्वाह गर्ने टेलिभिजन अन्तर्वार्तामा वहाँले स्मरण गर्नु भएको सोफासेट खरिद गर्न जाँदाको एउटा प्रसँगको । अहिले जस्तो यत्रतत्र युट्युब र अनलाइन नभएको समयको त्यो अन्तर्वार्ता त्यतिबेला संचालनमा रहेको कुनै टेलीभिजनमै थियो तर कार्यक्रम र प्रोस्तोता को थियो त्यो ठ्याक्कै याद छैन तर प्रसँग सदा स्मरणीय छ ।
त्यतिबेला वहाँले स्मरण गर्नु भएको घटना अनुसार वहाँ कुनै एक फर्निचर पसलमा सोफासेट किन्न भनेर जानु भएछ । वहाँको व्यक्तित्वले गर्दा दोकानदारले वहाँको स्वागत सत्कार नगर्ने कुरै थिएन । त्यसमाथि पनि वाहाँ आफ्नो पार्टीको एक सहकर्मी नेताको सल्लाह अनुसार त्यहाँ जानु भएको थियो रे , त्यसो भए पछि स्वागत सत्कार स्वाभाविक रुपमा नहुने कुरै भएन । जव स्वागत सत्कार सकियो र जव सोफा देखाउने बेला आयो तव फर्निचर पसलको साउजीले माधव नेपाललाइ सुरुमै डेढ लाख पर्ने सोफा देखाए छन रे । माधव नेपाल भने खल्तीमा दस पन्ध्र हजार हालेर सोफा किन्न भनेर जानु भएको रहेछ अनि जव साउजीले डेढ लाखको सोफा भनेर देखाए माधव नेपाललाइ अत्यन्त असहज लागेछ । वहाँले इमान्दारी साथ भन्नु भएछ कि वहाँको बजेट र साउजीले देखाएको सोफाको विचमा आनको तान फरक पर्यो । त्यसपछि वहाँ आफु गलत ठाउँ ( औकात वाहिरको ठाउँ) मा आइपुगेको भन्दै हिड्नु भएछ ।
अलिक सम्भ्रान्त हिसाबले सोच्दा होस वा आम मानिसहरुले भन्ने गरे जस्तो नेताहरु संग कत्रो न पैसा छ भन्ने दृष्टिले हेर्दा होस माधव नेपाल संग जोडिएको त्यो सोफासेटको प्रसँग इमान्दार सरल र सादगी नेताहरु पनि छन जो संग प्रचार गरिए जस्तो सम्पत्ति र रवाफी संस्कार छैन भन्ने सत्य तर्फ आँखा खोल्न काफी थियो । माधव नेपालले त्यो अन्तर्वार्ता दिनु भएको पनि बर्षौं भैसकेको छ । त्यस समय देखि अहिलेसम्म आउँदा नेपालको राजनीति देखि स्वयम माधव नेपालको जीवनमा पनि धेरै परिवर्तन आइसकेको छ । अरु त के कुरा आफुले बनाएको टिकाएको र जोगाएको एमाले अब बामाले भैसकेको छ र माधव नेपाल विद्रोहको बाटो रोजेर नेकपा एकीकृत समाजवादी पार्टी मार्फत निष्ठा इमान र सुसंस्कारको राजनीति अगाडी बढाउन खोज्दै हुनुहुन्छ ।
लोकतन्त्र कानुनी राज र निष्ठाको राजनीति प्रतिको वहाँको प्रतिवद्धताले गर्दा आफुहरुलाइ हानि भएको ठान्नेहरुको षड्यन्त्र , निरन्तरको प्रयास र तथ्य भन्दा अफवाह बिक्ने संस्कारका विच माधव नेपाललाइ पनि अनेकन रुपमा विवादित वदनामित गर्ने खेल वहाँको विरुद्ध पनि चलेकै छ । अनि वाहाँले भन्दै आउनु भएकै जस्तो गल्ति गरको भए वहाँलाइ जोगाउन कसैले सक्दैन अनि गल्ति नगरेको भए जोसुकै पछि लागेर पनि वहाँको बाल बाँका गर्न सक्दैन । त्यसैले आरोपहरुको किनारा तथ्य प्रमाणको जगमा गलत वा सहि जे होला त्यो समयलाइ छोडौं ।
हालको लागि चाहिं यति बुझौं कि राजनीतिमा जन्मदै तिनपात हुने वर्तमान अवस्थामा राजनीतिक सफलताको शिखरमा रहँदा पनि लाखमा किन्न नसकेर नै हजारमा सोफा सेट किन्न पर्ने आर्थिक सत्यता भएको माधव नेपाल पनि यही राजनीतिमा हुनुहुन्छ । हुनुहुन्छ मात्रै हैन कि अहिले पनि वहाँ त्यही इमान निष्ठा सरलता र सुसंस्कार सहित सक्रिय हुनुहुन्छ । तथ्यले सदैव सरल सादगी र सक्रिय प्रमाणित गर्दै आएको श्रद्धय माधव नेपाल प्रति फेरी पनि नमन ।



















