• ✍️ सेमन्त खनाल

रामबहादुर बम्जनको धार्मिक संस्थाको २०६७ साल सम्म मै ६३ देशमा शाखा खोलिएको रहेछ । हरेक वर्ष उनलाई भेट्न कैयौ देशको मानिस आउछन् तसर्थ उनीबाट १६ देशको मुद्रा भेटिनु अनौठो कुरा होईन । आउनेहरूले चढ़ावा दिन्छन, दान गर्छन ।

बौद्ध लामा र गुम्बाको आम्दानीको श्रोत विदेशी नै हुन् । नत्र आज नेपालमा यत्रा यत्रा ठुला आलिसान भव्य गुम्बा बनेकोछन तपाईले कहिले गुम्बा बनाउन डोनेसन दिनु भएको छ ? राज्यले कहिले गुम्बा बनाउन बजेट दिएको छ ? गुम्बा बनाउन पुराण लगाएको कहिले थाहा छ ? हरेक गुम्बामा छिरेर गुम्बाको भव्यता र कलात्मक आकृति हेर्नुस बिल्डिंग मा गरिएको खर्च हेर्नुस हरेक गुम्बा ४०/५० करोड भन्दा कममा बनिएको हुन्न । अनि कसले पैशा दिएर त्यत्रा त्यत्रा गुम्बा बन्दै छ त नेपालमा ?

कुरा त प्रष्ट छ ! विदेशी ले नै दिएको हुन् ! कुनै मारवाडी वा बाहुन क्षेत्रीले दिएको त होईन नै ! अनि यस्तो अवस्थामा बमजनको साथमा २/४ करोड रुपैया भेटिनु नि अनौठो होईन !

बाबुराम प्रचण्ड कै घर छापा मार्नुस न १५/२० देशको मुद्रा त तिनको घरमा नि भेटिन्छ । देउवाको घरमा छापा मार्नुस कम्तिमा २०/२५ देशको करेंसी फेला पर्छ । पैशा त कति भेटिन्छ त्यसको कुरै न गरौ  । रहयो पेन ड्राईभको कुरा हरेक व्यक्तीको घरमा हेर्ने हो भने ८/१० पेन ड्राईभ र २/३ ल्यापटप जता जसको बाट नि निस्किन्छ ! मै सग होला १०/१२ पेन ड्राईभ त । हरेक घरबाट ८/१० वटा मोबाईल निस्किन्छ । एक व्यापारीले पनि आज ४/५ मोबाईल चलाएको देखिन्छ ! यो कुनै ठुलो इस्यु नै होईन ।

अझ मोबाईल को सौखिनको घर मा हेर्ने हो भने एकै ब्यक्तीको १२/१४ वटा मोबाईल समेत भेटिन्छ । झन् बिग्रेर बसेको मोबाईल काउन्ट गर्ने हो भने त कति भेटिन्छ कति ! । यो नि कुनै तर्क हो ?जे हो सत्यतथ्य छानबिन होस्। अपराधी माथि कडा कार्वाही होस्, निर्दोष माथि अन्याय नगरोस् बम्जनले आफू को हो प्रमाणित गर्ने  बेला हो यो । सेमन्त खनालको फेसबुक वालबाट साभार