- भगवती अर्याल
विराटचाेक,६ माघ । मोरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसकी विद्यार्थी नेपालकै कान्छी शिक्षक बनेकी छन । क्याम्पसमा बिएड दोश्रो वर्षमा अध्यनरत विद्यार्थी लेकीडाेमा तामाङ नेपालकै कान्छी शिक्षक बनेकी हुन् ।
भर्खरै १९ वर्ष पार गरेकी पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङले कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छिन्।
२०७८ सालमा पाँचथरकै फिदिमस्थित कन्चनजङ्गा एकेडेमी माध्यमिक विद्यालयबाट गणित + शिक्षा लिएर कक्षा १२ सकेकी उनले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेकी थिइन्।
यो पनि पढ्नुहोस - सुकुना क्याम्पसलाई अर्को सफलता : दुई प्राविधिक शैक्षिक संस्थाबीच सम्झौता
तामाङ कक्षाकी अब्बल विद्यार्थी रहेको सुकुना क्याम्पसका प्राध्यापक ठाकुरप्रसाद सुवेदी बताउछन । क्याम्पस आउदा एउटा हातमा कक्षामा पढ्ने पुस्तक र अर्को हातमा शिक्षक सेवा वा लोकसेवा तयारिको लागि पढने पुस्तक सधै बोकेकी हुन्थिन'-प्राध्यापक सुवेदीले भने कक्षामा ५ मिनेट फुर्सद हुदा आयोग तयारीको पुस्तक पढ्न थाल्थिन,यिनले केही चै गर्छिन भन्ने त लागेको थियोे।
सुकुना बहुमुखी क्याम्पस जनताबाट संचालित कोशी प्रदेशकै ठुलो शैक्षिक सँस्थाको रुपमा स्थापित छ । यस क्याम्पसमा बिज्ञान ,ब्यावस्थापन ,शिक्षा,मानविकी बिआइसिटी लगायतका बिषयमा पढाई हुने क्याम्पसमा स्नातकोत्तर सम्म गरी ४ हजार भन्दा बढी विद्यार्थीले अध्यन गरीरहेका छन ।
क्युएए प्राप्त उक्त क्याम्पसको राम्रो भौतिक संरचना,सुन्दर शान्त वातावरणमा पठन पाठन देखि विद्यार्थीहरुलाई आवत जावतमा कलेज बसहरुको सुविधा समेत रहेको छ ।


















