विराटचोक,११ माघ । माेरङकाे सुन्दरहरैँचामा रहेकाे सुकुना बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस कर्मचारी संघ इकाई समिति गठन गरिएको छ । बिहिवार भएको कर्मचारीहरुको भेलाले देवराज गिरीको अध्यक्षमा ७ सदस्यीय समिति चयन भएको हो ।
त्यस्तै समितिको सचिवमा युवराज सुवेदी र काेषाध्यक्षमा निरूता तामाङ चयन भएका छन । नवगठित समितिको सदस्यहरुमा पुष्पराज घिमिरे, सृजना धमला, प्रेमलाल खवास,दिपक श्रेष्ठ चयन भएको पब्लिक क्याम्पस कर्मचारी संघका कोशी प्रदेश सचिव लोक प्रकाश भट्टराई (जीवन)ले जानकारी दिए ।
पब्लिक क्याम्पसमा कार्यरत कर्मचारीकाे हक हितका निमित्त क्याम्पस स्तरीय कर्मचारी संघकाे समिति गठन गरिएको नव गठित समितिका अध्यक्ष देवराज गिरीले बताए।




















