विराटचोक,२५ माघ ।  मोरङको पथरीशनिश्चरे २ स्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । 

बिहिबार पथरीको होटल साल्पामा आयोजित कार्यक्रममा जेष्ठ शेयर सदस्य सम्मान तथा वक्तृत्वकला प्रतियोगितामा विजयी छात्र छात्राहरुलाई पुरस्कार वितरण गरेर मनाएको हो।

उक्त  कार्यक्रममा पथरीशनिश्चरे २ का वडाध्यक्ष नैना  राईले प्रमुख अतिथिको तर्फबाट सोहि वडा निवासी पदमबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित गरेका थिए  ।

सोहि क्रममा सबैभन्दा बढी शेयर सदस्य सिफारिस गर्ने स्थानीय संचारकर्मी विजय राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने एकल सेयर सदस्य महिलाहरुलाई नगद २ हजारका दरले राहत वितरण थियो । 

उत्कृष्ट कर्मचारीको रुपमा सहायक व्यवस्थापक राज निरौलालाई ५० कित्ता शेयरको प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरिएको सचिव महेन्द्र ढुङगानाले घोषणा गरेका थिए।Untitled-3 (4) 3सोहि संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागीता जनाएर प्रथम हुने न्यू पेगोडा ईङलिस बोडिङ स्कुल पथरीशनिश्चरेका- १ सरमन ढुङगेल, द्धितिय हुने वाल्मीकि मेमोरियल माविकी राशी कार्की, तृतिय हुने चन्द्र किरातेश्वर माविकी  खुसी आङदेम्बे र सान्त्वना स्थान हासिल गर्न सफल रेडस्टार माविका छात्र- आराध्य खडकालाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी , संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थागत रुपमा सहभागिता जनाउने रेडस्टार मावि र शान्ति टोल विकास समिति पथरीशनिश्चरे २ लाई प्रदान गर्दै संस्थाको जेष्ठ सदस्यहरुलाई आजिवन भत्ता वितरण गरिएको संस्थाका व्यवस्थापक गणेश कुमार राईले बताए।

त्यस्तै, आजै सो साकोसले आफ्ना ३६ जना जेष्ठ शेयर सदस्यहरुलाई गएको कार्तिक, मंसिर र पुस महिनासम्मको एकमुष्ट बचत रकम तथा पेन्सन भत्ताको रकम सहित सम्मान गरिएको थियो। 

संस्थाका अध्यक्ष धनराज राई (अमिर) को अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेन्द्र ढुङगानाले संचालन गरेका थिए ।

Untitled-3 (3) 5