पथरी,२६ माघ । मोरङको पथरीशनिश्चरे  १ स्थित पञ्चायत माध्यमिक विद्यालयले “पञ्चायत मावि. डट. कम.” नामक वेबसाइट संचालनमा ल्याएको छ। विद्यालयले ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वेभसाइटको उद्घाटन गरेको हो। 

उक्त वेभसाइटको पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुम्वापोले विद्यालय www.panchayatmavi.com वेभसाइटमा पासवर्ड हालेर ओपन गरेका थिए । 

 विद्यालयको आफ्नै वेबसाइट संञ्चालनमा आएपछि अभिभावक ,शिक्षक र विद्यार्थीसँग प्रविधि मैत्री शिक्षा संगै नयाँ नयाँ सुचना प्रविधीहरुबारे सुसुचित गराउने कुरामा महत्वपूर्ण भुमिका खल्ने कुरा तुम्वापोले बताए । कार्यक्रममा प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि क्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा तथा प्रमुख अतिथि नगरप्रमुख तुम्वापोले संयुक्त रूपमा विद्यालयका शिक्षक तथा कर्मचारीहरु जानुका भट्टराई ,सृजना राई ,गणेश विष्ट ,शम्भुराज थापा तथा कर्मचारी हेमकुमार गुरुङलाई पुरस्कृत सहित सम्मान गरेका थिए ।त्यस्तै ,विभिन्न अक्षयकोष दाताहरूले विपन्न वर्गका विभिन्न उमेरका छात्र-छात्राहरूलाई न्यानो कपडा पनि वितरण गरिएको थियो । माधव डालिका पौडेल स्मृति कोषका टिकेन्द्र ‘दिनेश’ पौडेल लगायत अक्षय कोष दाताहरूले न्यानो कपडा र शैक्षिक सामाग्रीहरु वितरण गरेका थिए ।

कार्यक्रममा शिक्षकहरुले 'लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो. बोलको नृत्य प्रस्तुत गरेका थिए भने  कक्षा ११ र १२ का सिभिल इन्जिनियरिङका विद्यार्थीले ” 'यो नेपाली शिर उचाली संसारमा लम्कन्छ” बोलको गीतमा  स्वागत नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा संविधानसभा सदस्य चण्डीप्रसाद राई , नगरकी उप-प्रमुख देवीमाया काफ्ले , नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले,शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी, ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक डिएसपी गणेश कुमार श्रेष्ठ, बडा नं का वडाध्यक्ष एवम् पूर्वविद्यार्थी समाजका अध्यक्ष भीम कुमार राई,संयोजक सामाजिक विकास समिति तथा १० नं. वडाध्यक्ष जीवन खतिवडा ,२ नं बडाका वडाध्यक्ष नैना राई,पूर्व उपप्रमुख यमुना विष्ट बाँस्तोला , मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लाबारी, मोरङका कार्यकारी निर्देशक, डा. विनोद अर्याल, इन्ट्रा फाउन्डेसन युएसए तथा नेपाल कोअर्डिनेटर राम बानियाँ , पर्शुराम अधिकारी स्मृति कोषका कल्पना अधिकारी , तिलकबहादुर विष्ट स्मृति कोषका गङ्गामाया विष्ट, नवीन ढकाल स्मृति कोषका तुलसी ढकाल , मनमाया थापा स्मृति कोषकी पवित्रा काफ्ले ,इन्द्र सरस्वती बस्नेत स्मृति कोषका वीर बहादुर बस्नेत, दुर्गाबहादुर विश्वकर्मा स्मृति कोषकी कृष्ण कुमारी विश्वकर्मा, प्रेमगीता बुढाथोकी स्मृति कोषकी पार्वती बुढाथोकी, सहदेव साह विद्यार्थी कल्याण कोषका सञ्जय साह लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा स्वर्गीय पति इन्द्र आचार्यको स्मृतिमा सावित्रा आचार्य ,पूर्व शिक्षक विष्णुकुमारी बस्नेत विष्ट सहितका सहयोगदाताहरूको उपस्थिति रहेको थियो। सोहि अवसरमा शिक्षक-अभिभावक संघका अध्यक्ष मानप्रसाद लिम्बू सुनाखरी माविका अध्यक्ष प्रदीपकुमार राई , पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, बुद्ध माविका प्रअ बोधराज सिग्देल ,जनता माविका प्रअ पदम सापकोटा,भागीरथ माविकी प्र.अ. जानकी चेम्जोङ , रेडस्टार माविका (निर्देशक/प्रिन्सिपल टि.एन. तिम्सिना, न्यु पेगोडा आवासीय माविका निर्देशक टीकाप्रसाद दङ्गाल ,लगायतको उपस्थिति थियो। 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयकी सहायक प्रअ बीना राईले स्वागत मन्तव्य गरेकी थिइन्