मोरङ– बिराटनगर–३ स्थित घरेलु तथा साना उद्योग कार्यालयनजिक फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। 

भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद बस्तु डिस्पोज गरिएको हो।  

टेपले बाँधिएको प्रेसरकुकर भित्र २७ डेटुनेटर १ र सेफ्टि फ्युज, सबुनको डल्ला र ढुङ्गाहरु फेला परेको छ । भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।