बिराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका ५ वटा निकायका प्रहरी उपरिक्षक (एसपी) परिवर्तन भएका छन्।
प्रहरी प्रधान कार्यालयले देशभर ७८ जना एसपीको सरुवा गर्दा जिल्ला प्रहरी कार्यालय मोरङ, झापा, धनकुटालगायतमा नयाँलाई जिम्मेवारी दिइएको हो।
मोरङ प्रहरी प्रमुखमा एसपी नवराज कार्कीले जिम्मेवारी पाएका छन्। धनकुटामा बिमल बस्नेतले जिम्मेवारी पाउँदा झापा प्रहरी प्रमुखमा मिलन केसीलाई पठाइएको छ।
भिमबहादुर दाहाललाई प्रहरी गण बिराटनगरमा खटाइएको छ भने प्रदेश अपराध अनुसन्धान कार्यालय धरानमा लक्ष्मीराज अधिकारी पठाउने निर्णय प्रधान कार्यालयले गरेको हो।




















