- आज २०८० साल फागुन ६ गते आइतबारको पढ्नुहोस् सबै १२ राशिहरूको दैनिक राशिफल
मेष - आजको दिन शुभ रहनेछ। पुरानो विवादबाट मुक्त हुन सक्नुहुन्छ। ठूलो राहत महसुस हुनेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । श्रीमती र सन्तानको स्वास्थ्यको चिन्ताबाट मुक्त हुनुहुनेछ।
वृषभ-आजको दिन धेरै हिसाबले महत्वपूर्ण छ । पुराना रोकिएका काम पुरा हुनेछन् । आज तपाईको कुनै विशेष व्यक्तिसँग भेट हुन सक्छ, जसले तपाईको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।
मिथुन-मिथुन राशिका लागि आजको दिन उतारचढावले भरिपूर्ण रहनेछ। मनमा अनेक शंकाले बास गर्नेछ। आज कसैलाई ऋण नदिनुहोस्। मनमा नयाँ कामको योजना बन्न सक्छ। आज तपाईलाई आर्थिक रूपमा केही कठिनाइहरूको सामना गर्नु पर्नेछ।
कर्कट - कतिपयको स्वास्थ्यमा चिन्तित रहन सक्छ । मौसमी रोगका कारण तपाईको स्वास्थ्यमा गिरावट आउन सक्छ। व्यापार व्यवसायमा कठिनाइको सामना गर्नु पर्नेछ। घरपरिवारमा सम्पत्तिको विषयमा विवादको स्थिति रहनेछ।
सिंह - नयाँ व्यापार सुरु गर्ने सोच बनाउन सक्नुहुन्छ, जुन सफल हुनेछ। आज तपाईले रोकिएको धन प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक–राजनीतिक क्षेत्रमा विशेष स्थान पाउन सकिनेछ । समाजमा तपाईको कीर्ति बढ्नेछ ।
कन्या - आज केही कुरालाई बेवास्ता गर्नु राम्रो हुनेछ। व्यापारमा ठूलो रकम लगानी गर्नु अघि राम्ररी सोच्नुहोस्। आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्, परिवारमा आपसी कलहको स्थिति आउन सक्छ।
तुला - आजको दिन समस्याले भरिपूर्ण रहनेछ। काममा बाधा आउनेछ । व्यापार व्यवसायमा अनावश्यक खर्च हुनेछ । आर्थिक स्थितिमा गिरावट आउनेछ। आज कुनै पनि नयाँ काम सुरु गर्ने प्रयास नगर्नुहोस्।
वृश्चिक - आज तपाई आफन्तको स्वास्थ्यको बारेमा चिन्तित हुनुहुनेछ। आफ्नो आमाबुबाको ख्याल राख्नुहोस्। व्यवसायमा साझेदारबाट सहयोग मिल्नेछ । थकान महसुस हुनेछ। बोलीमा नियन्त्रण राख्नुभयो भने परिवारमा खुसीको वातावरण रहनेछ।
धनु - यदि तपाईं आज लामो यात्रामा जानुहुन्छ भने, आफ्नो वाहन सावधानीपूर्वक प्रयोग गर्नुहोस्। कुनै पनि नयाँ काम परिवार र साथीभाइसँग छलफल गरेर मात्र सुरु गर्नुहोस्। परिवारमा शान्ति छाउनेछ। सवारी साधन खरिद गर्न सकिनेछ ।
मकर - आज यात्राको सम्भावना छ । सवारी चलाउँदा सावधानी अपनाउनुहोस। घरपरिवारमा कुनै कुरामा मतभेदको सामना गर्नु पर्नेछ। व्यवसायमा पुराना सहकर्मीबाट धोका हुन सक्छ।
कुम्भ -आज तपाईंले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्नेछ। वादविवादबाट टाढा रहनुहोस्, पारिवारिक जीवनमा उतारचढाव आउनेछ। कुनै कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ ।
मीन-आज तपाईले आफ्नो व्यक्तिगत जीवनमा ठूलो निर्णय लिन सक्नुहुन्छ। यसले सबैको जीवन राम्रो बनाउनेछ। स्वास्थ्य स्थिति सामान्य रहनेछ। व्यापार व्यवसायमा ठूलो हिस्सा बन्न सकिनेछ ।



















