विराटचोक - मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा  मुक्तक वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति र नेपाली विभाग अन्तर्गतको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा शुक्रबार प्रतियोगिता सम्पन्न भएको हो  । 

Untitled-2 (2) 41प्रतियोगितामा  २४ जना सर्जक विद्यार्थीहरूले प्रतियोगितात्मक मुक्तक वाचन गरेका थिए । उक्त प्रतियोगितामा  निर्णायक मण्डलका प्रमुख डा. दीपकप्रसाद न्यौपानेले  प्रथम स्थानका लागि दिलकुमार सुयल‚ द्वितीय स्थानका लागि सत्तिस कार्की‚ तृतीय स्थानका लागि एलिना थापा र सान्त्वनाका लागि सज्जल भट्टराईका नाम घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा विजेताहरूका लागि पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा अप्रतियोगीका रुपमा शिक्षक द्वय उषाकिरण वाग्ले र रेखा सुवेदीले कविता‚ गजल र मुक्तक वाचन गर्नु भएको जानकारी सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । 

72c24cac-83fc-4900-8a0d-6208f6d6e87cकार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै क्याम्पसले प्रतिभा प्रस्तुतिका लागि महत्वपूर्ण स्थान दिनेगरी काम गरिरहेको भनी बताए । त्यस्तै विशिष्ट अतिथिको रुपमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रत्येक दुई/दुई महिनामा यस्ता साहित्यिक कार्यक्रम गरेर विद्यार्थीहरूका क्षमता प्रस्फुटन गर्ने सुअवसर दिने कार्यमा क्याम्पस लाग्ने भनी जोड दिए । 

प्राध्यापक विदुर सुवेदीको सभापतित्वमा  भएको कार्यक्रममा नेपाली विभागका प्रमुख गेहेन्द्र खनालले कार्यक्रमको औचित्य र महत्व प्रस्तुत गर्दै शिक्षक सोमा बस्नेतले सबैलाई स्वागत गरेका  थिए  । उक्त कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य एवम् शिक्षण सहायक रेखा सुवेदीले गरेकी थिइन् ।

Untitled-5 48

10606943-c96e-4ead-9209-76212b9b0d06