धरान - नेपाल कै सर्वाधिक धावकहरू दाैंडिने 'धरान रन' को १२औं संस्करणको पुरुषतर्फबाट केन्याली धावक जुलियस मुरिउकी प्रथम भएकी छन ।
यस्तै महिलातर्फ दक्षिण एसियाली म्याराथनकी गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठले जितिइन । उनी पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेतासमेत हुन ।
धरान १० के रन २०२४ अन्तर्गत १२औं नेवा च्यारिटी रन को १० किलोमिटर दूरी ३२:५० मिनेटमा पार गर्दै मुरिउकीले उपाधिसँगै ६० हजार रुपैयाँ हात पारिन । सन्तोषीले ३८:०८ मिनेटमा दूरी पार गर्नु भएकाे थियाे ।
टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरीका लागि भानुचोकबाट बिहान ठीक ७:३० बजे सुरु भएको दौड मा ३४:०० मिनेटमा दूरी पार गरेका प्रशान्त तामाङ दोस्रो बने । ट्रफी मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो बनेका पवन राईले ३४:११ मिनेटमा निर्धारित दूरी पार गरि ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ जितेका छन ।
स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो । १२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे।
४० वर्षमाथिका भेट्रान विधामा दौडने स्पर्धीले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे । यसपालीको च्यारेटी रनबाट उठ्ने रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिने बताइएको छ । 'धरानको गौरव र पर्यटन, प्रवर्द्धन विकासको अभियानसँग 'धरान रन'लाई जोडिएको थियो । 'रन' मा जनप्रतिनिधि, कलाकारलगायत प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो ।




















