इटहरी - इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरीका निजी विद्यालयहरुलाई धम्की दिएका छन् । मेयर पौडेलले नगर भरीका विद्यालयको पोशाकमा एकरुपता कायम गर्ने निर्णयविरुद्ध अदालत गएका निजी विद्यालयहरुलाई धम्की दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै मापदण्डअनुसार विद्यालय सञ्चालन भए नभएको एक एक जाँच गर्ने धम्की दिएका हुन् ।
उनले उपमहानगरपालिकाले गरेको निर्णयमा साथ दिनुको साटो अदालत जाने विद्यालयहरुको फाइल एक एक गरी खोल्ने बताए । ‘मेयरसँग बस्नेभन्दा पनि विद्यालयहरु उच्च अदालतसम्म पुग्ने र विकृतीलाई ढाकछोप गर्ने काम भएको छ,’ उनले भने, ‘मापदण्डअनुसार विद्यालय सञ्चालन भए नभएको प्रत्येकको फाइल पल्टाएर हेरिन्छ ।’
उनले परिवर्तन गर्न लागेको कुरालाई समर्थन गर्नुको साटो संगठित हुँदै सत्य र न्यायका विरुद्ध अफवाह फैलाउनेको फाइल खुल्ने बताए । संयमित भएर सहकार्य गरेर स्थानीय सरकारको योजनालाई बोकेर हिड्नु नै हितकर हुनेसमेत भिडियो मार्फत बताएका छन् ।
हेर्नुहोस भिडियो :



















