विराटचोक -मोरङको सुकुना वहुमुखी क्याम्पसकी बी.बी.ए. तेस्रो सेमेष्टरमा अध्ययनरत छात्रा सविना विश्वास बी.बी.ए. दोस्रो सेमेष्टरमा ४ एस.जि.पि.ए. (SGPA) ल्याइ नेपाल प्रथम भएकी छिन् ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय ब्यबस्थापन संकायबाट सार्वजनिक भएको परीक्षाको नतिजामा विश्वास नेपाल टपर भएकी हुन् ।
परीक्षाको नतिजा अनुसार यस क्याम्पसको बी.बी.ए. दोस्रो सेमेष्टरमा ३२ जना मध्ये २१ जना विद्यार्थीले भेरी गुड र १२ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका बिबिए डाइरेक्टर शंकर देवानले जानकारी दिए ।
छात्रा सविना विश्वासले नेपाल प्रथम ल्याएकीमा सम्पूर्ण क्याम्पस परिवारको तर्फबाट हार्दिक वधाई तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले व्यक्त गरे । त्यस्तै सुकुना क्याम्पसमा बिएड दोश्रो वर्षमा अध्यनरत विद्यार्थी लेकीडाेमा तामाङ र बिएड विज्ञान दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रविन राई नेपालकै कान्छी र कान्छो शिक्षक बन्न सफल भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त तथा विश्वविद्यालय अनुदान आयोग नेपालद्धारा गुणस्तर प्रत्यायनकृत सुकुना वहुमुखी क्याम्पसकी कोशी प्रदेश कै ठुलो क्याम्पसको रुपमा परिचित छ ।
- सम्बन्धित समाचार
सुकुना क्याम्पसकी विद्यार्थी बनिन नेपालकै कान्छी शिक्षक
सुकुना क्याम्पसका अर्का विद्यार्थीपनि बने नेपाल कै कान्छो शिक्षक



















