लेटाङ - लामो समय देखि खोलाहरुमा सिमित ब्यक्तिहरुले जथाभावि खोला उत्खनन गरिरहेको तर कुलो पैनीको लागि ब्यवसायीले सधै बाधा पारेको भन्दै मोरङ लेटाङ ९ जाँते स्थित तेली खोलामा स्थानियले खोला उत्खननमा अवरोध गरेका छन् ।

स्थानिय वासीले खोला छेउछाउमा कुलो पैनी चल्न छाडेको, पानीको मुहान सुक्दै गएको र पर्यावरणमा ठुलो असर गरेकोले खोला खन्न नदिने अडान राख्दै अवरोध गरेका हुन् । स्थानियले खोलावाट आम्दानी भएको रकम खोलामै लगाउनुपर्नेमा समेत जोड दिदै आएका छन् । 

उत्खननले चिसाङमा पनि समस्यै समस्या 

त्यसो त चिसाङ खोलामा समेत समेत बर्षेनी खोलाले समस्या दिईरहेको छ । तर त्यहाँ मापदण्ड विपरित बर्षेनी क्रशर उद्योग थपिरहेका छन् । यहाँ बर्षेनी मापदण्ड विपरित खोला खन्ने कार्य हुने गरेको स्थानियको भनाई छ ।  

 लेटाङ ३ को कमलपुर, लेटाङ २ किर्तिमान तथा बुधवारे फडानी क्षेत्र समेत उच्च जोखिममा रहेको स्थानीय बासिन्दा बताउँछन् । खोलामा राम्रो संग बाध बाध्न नसक्दा र मापदण्ड भन्दा बढि उत्खनन गर्दा बर्षेनी आउने खोलाले ठुलो क्षती गर्ने गरेका स्थानियको तर्क छ ।

हाल चिसाङ खोलामा ४ वटा क्रशर उद्योग संचालनमा छन् ।  नियमानुसार लेटाङमा ४ वटै क्रसरहरु अवैध छन् ।  चुरे क्षेत्रमा पर्ने क्रसरको वरीपरि वनजंगल छ । यस्तो ठाउँमा क्रशर उद्योग खोलिनु कानुनत अबैध हो । 

लेटाङमा खोलामा अवैध उत्खननका कारण सधै विवाद हुने गरेको छ । यहाँ खोला अवैध उत्खखन वाट चुरे क्षेत्रमा समेत ठुलो क्षती र असर पुग्दै आएको छ । अवैध खोला उत्खननका कारण अरवौको कृषि योग्य जमिन बगरमा परिणत भईरहेको छ ।

लेटाङ नरगपालिकाले हालै मात्र जम्मा डेढलाख घनमिटर क्षेत्र तोकेर ६ करोड ५ लाख रुपैयाँमा पाथिभरा केरियर प्रालिलाई खोला ठेक्का  दिएको छ ।  यस्तो ठेक्कामा ६० प्रतिशत रकम स्थानीय तहले र ४० प्रतिशत प्रदेश र संघिय सरकारले पाउने प्राबधान छ ।

- ईनेपालपत्रको सहयोगमा