• ✍️ भूमि प्रसाद पाठक

पथरी — बुकलेस फ्राइडे को अवधारणाअनुरुप पथरीशनिश्चरे स्थित श्री पञ्चायत माविले २६ औँ अन्तर्राष्ट्रिय गणितीय नमुना प्रदर्शन सम्पन्न गरेको छ ।  शुक्रवार २६ औं अन्तराष्ट्रिय गणित दिवस ( पाई डे) को अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो।

पथरी शनिश्चरे नगरपालिकाका शिक्षा,यूवा तथा खेलकूद शाखाका प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा भएको एक दिवसीय कार्यक्रममा गणीत मोडेल तथा गणितलाई दैनिक जीवनसँग सम्बन्धित विद्यार्थीहरूद्वारा बनाईएका गणितीय उपकरणहरू प्रस्तुत गरिएको थियो। उक्त अवसरमा  कक्षा -०७ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न स्टलहरु मार्फत डेरीभेटिभ, भेक्टर, एन्टी - डेरीभेटिभ, त्रिकोणमिति, स्थानान्तरण, परार्वतन परिक्रमण, बिस्थापन, विस्तारीकरण, पास्कलको त्रिभुज, पाईको बारेमा प्रदर्शन गरेको पथरी शनिश्चरे नगरपालिकाका गणित विषयका सुपरीवेक्षण तथा अनुगमन समितिका प्रमुख दिलीप कुमार खवासले बताए ।

431876113_1675544496315002_3723536129323823748_nगणितीय नमुना प्रदर्शन कार्यक्रममा लेटाङको शान्ति भगवती मावि तथा पथरीका जनता मावि, भागिरथ मावि, बुद्ध मावि,  हिरक आधारभूत विद्यालय लगायतका आधा दर्जन बढी  स्कूलका विद्यार्थीहरूले आ आफ्नो प्रस्तुति दिएका थिए। प्रतियोगितामा गणितीय भाषामा डेरीभेटिभ, भेक्टर, एन्टी–डेरीभेटिभ, त्रिकोणमिति, स्थानान्तरण, परार्वतन परिक्रमण, बिस्थापन, विस्तारीकरण, पास्कलको त्रिभुज, पाइको बारेमा कक्षा ०७ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न स्टलमार्फत प्रदर्शन गरेका थिए ।

 कार्यक्रममा पञ्चायत माविका विद्यार्थी प्रसिद्ध कार्की र रजिव दाहाल प्रथम, पञ्चायतकै सौगात खनाल र रेहान श्रेष्ठ द्वितिय, भागिरथ माविका आभा -दिया- खुशीको समुह  र जनता माविका रेखा -अपेक्षा- विवेकको समुह तृतिय स्थान हासिल गर्न सफल भएका छन् । सोहि प्रतियोगितामा शान्ति भगवती मावि, पञ्चायत मावि र हिरक आधारभूत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमबाट शान्ति भगवती मावि लेटाङ, श्री जनता मावि पथरी शनिश्चरे ३, श्री भागिरथ मावि पथरी शनिश्चरे ४, श्री बुद्ध मावि पथरी शनिश्चरे ८,  श्री हिरक आधारभूत विद्यालय, पथरी शनिश्चरे १० का सयौँ विद्यार्थीहरू प्रत्यक्ष लाभावान्वित  भएका छन्   ।

पञ्चायत माविका प्राचार्य अर्जुन कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल गणित समाज कोशी प्रदेशका अध्यक्ष डिबी थापाले  सहजीकरण गरेका थिए। कार्यक्रममा घनश्याम अधिकारीले गणितमा त्रुटि विश्लेषण कसरी गर्ने विषयमा सहजीकरण गरेका थिए। सोहि क्रममा  पञ्चायत माविका गणित शिक्षक टंक काफ्लेले पनि गणितलाई दैनिक जीवनमा कसरी जोड्न सकिन्छ?' भन्ने विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन सो माविका सहायक प्राचार्य बुद्धिनाथ अधिकारीले गरेका थिए।

431959912_1675544386315013_1042303159729455146_n