विराटनगर विराटनगरकाे एक विराटनगर महानगरपालिका– ९ मा रहेको होटल रोयल किचनको कोठामा होटलमा एक पुरुष मृत भेटिएका छन् । सोमबारबाट हराइरहेका सिटिजन्स बैंकका कर्मचारी समेत रहेका क्षितिज घिमिरे मृत भेटिएका हुन् ।

हराएको छोरा खोजी गरिदिन भन्दै बुबाले सोमबार बेलुका मात्रै प्रहरीलाई खबर गरेपछि खोजी गर्ने क्रममा बुबाले होटल अगाडि राखिएको मोटरसाइकल चिनेपछि मंगलबार बिहान घिमिरेलाइ होटलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

सोमबार नै होटलमा आएका घिमिरे रोयल किचनको कोठा नम्बर १०९ मा घिमिरे झुण्डिएको अवस्थामा मृत भेटिएकाे दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

याे घटनासहिहत विराटनगरमा यसै हप्ता तीनजना हाेटलमा मरेकाे अबस्थामा भेटिएका छन् । यस अघि नोबल हस्पिटलमा कार्यरत नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दास र उनकाे हत्यामा संलग्न २२ वर्षीय शिवशंकर दास दुइ दिनकाे फरकमा हाेटलमै मृत अबस्थामा भेटिएका थिए ।