म्याङ्लुङ — तेह्रथुमको म्याङ्लुङ नगरपालिका ६ मा श्रीमानको धारिलो हतियार सिकल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
सोमबार साँझ पौने ७ बजे ४६ वर्षीय दीपक लिम्बुले घरायसी वादविवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बुलाई सिकल प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गर्ने दीपक लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमको टोलिले घटनास्थलबाटै पक्राउ गरेको छ ।
लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




















