• देवेन्द्र कार्की 

धरान  —  व्यापक दवाव पछि प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएको तरहरा -धरान सडकको एकातर्फको बाँकी रहेको कालोपत्रेको काम सकिएको छ ।

रानी धरान ६ लेनको सडक अन्तरगतको तरहरा ( धरानको करिव १० किमी सडकमा २५ सय मिटर बाँकी थियो । लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धराn को यात्रा कष्टकर बन्दैं गएको थियो । एका तर्फको वाँकी रहेको दुई किमी सडक मंगलबार पुरा भएको र बाँकी ५ सय मिटरको कालो पत्र केही दिन भित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याव टेक्निसियन अनिल देवकोटाले जानकारी दिनु भयो । एकातर्फ सडक पिच भए पछि आज साँझदेखि नै सवारी आवत जावत गर्ने उहाँले बताउनु भयो । Untitled-2 (2) 8

सो क्षेत्रको सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरेका थिए । मंगलबार सुनसरी क्षेत्र नं। १(१)का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान उपमहानगर सहइञ्चार्ज टिका माङ्ले, जिल्ला सचिवालय सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका २ नं वडाध्यक्ष रमेश राई, १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठलगायतको टोलीले सडकको अनुगमनसमेत गरेको छ । 

एका तर्फको दुई लेनको कालो पत्रे पुरा भइ सडक खुले पठिूलो राहत भएको मजदुर नेता भीमज्वाला राईले जानकारी दिनु भयो । उहाँका अनुसार सडक बन्न ढिलाई हुँदा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ । १४१ जना घाइते भएका छन्  ।

२०८० असारसम्ममा सबै सडक निर्मणा सकिने गरि काम भइरहेको डिभिजन प्रमुख इन्जीनियर राजेन्द्रप्रसाद साहले जानकारी दिनु भयो । यो सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

434035096_25463895519862323_8291879347398548835_n