लेटाङ — नेकपा एकीकृत समजवादीकी नेतृ शान्ति पाख्रीनले मोरङ लेटाङको चिसाङ्ग खोला ठेक्काबारे गम्भीर प्रश्न उठाएकी छिन्। सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ पाख्रीनले प्रश्न खडा गरेपछि त्यसले लेटाङ नगरपालिका र आसपास ठुलो तरंग पैदा गरेको छ।
प्रस्तुत छ : पाख्ह्रीनले लेखेको स्टाटस जस्ताको तस्तै -
जनहितमा जानकारी ........
अवैध खोला उत्खनन रोक्न नगरबासीहरु (लेटाङ) मा अनुरोध गर्दछु।।
अघिल्लो आर्थिक वर्षमा १४ करोडमा लागेको चिसाङ्गको खोला ठेक्का यो पटक किन ४ करोडमा लगाइयौ ?
मेरो प्रश्नन थियौ जनप्रतिनिधिलाई अगाडिको बर्ष यति धेरैमा लागेको खोला ठेक्का किन यो वर्ष थोरैमा ?? जनप्रतिनिधिको जवाफ थियो कि यो पटक म्याट्रियल थोरै भएर हो।
ए बाबा तिमीहरुको ठेक्दारसँग भएको सम्झौता अनुसार मेट्रिलियल निस्किसकेको छ तर यहाँ तैं चुप में चुप, जनप्रतिनिधिको सेटिङ्ग त छैन ?? हैन भने किन मौन ? किन नापी हुदैन ? यहाँको अगुवा, समाजसेवी किन चुप ? हिजो खोला सकियो भनेर पालिका र खोला घेराउ गर्नेहरु काहाँ छन् ?? कि भागवन्डा मिल्यो ? प्रतिपक्ष कहाँ छ?? स्थानीय प्रकृति स्रोत जनताको हो तर आज यहाँ भुँडी भरिरहँदा पनि चुप किन छन् ?? यदि मापदण्ड भन्दा वढी उत्खनन गरेको आर्थिक रकमहरु के स्थानीय विकास निर्माणमा लाइन्छ कि सिमित व्यक्तिको भुँडी भरिन्छ यो प्रश्नन मेरो सरोकारवालालाई तथ्यांक सहित जवाफ दिनुहोला।
- शान्ति पाख्रीनको फेसबुकबाट ( पाख्रीन नेकपा एकीकृत समजवादीकी नेतृ हुन् )





















