विराटचोक  — मोरङको बेलबारी नगरपालिका वाड नं. २ का १५ बर्षिय इन्द्रजित शाह (रित्तिक) ले कवाडीका सामानबाट विद्युतीय मोटरसाइकल बनाई कुदाएर सबैलाई अचम्मित बनाएका छन् । 

सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुना स्कुलमा कक्षा ९ मा अध्ययनरत शाहले १५ वर्षकै उमेरमा इलेक्ट्रोनिक माेटरसाईकल बनाएर कुदाएका हुन् । हालसालै कक्षा ९ को बार्षिक वार्षिक परीक्षा दिएका उनले बिदाकाे समयमा  दुइ हप्ता लगाएर माेटरसाईकल बनाएका छन्  । 

 कवाडीबाट ल्याएका सामग्रीको सदुपयोग गर्दै बनाइएको बाइकले एक पटक चार्ज गरे पछि करिब ३० देखी ३५  किलोमिटरसम्म कुद्छ  । बनाएको साहले बताएका छन् ।

साइकल र सीटी सफारीमा स्कुल जाने गरेका साहले १ वर्ष अगाडी कक्षा ८ मा पढ्दा १४ वर्षको उमेरमा इलेक्ट्रीक साइकल बनाइ त्यही साइकलमै चढेर स्कुल जाने गरेका थिए । ६ महिना भन्दा बढी त्यस साइकलमा विद्यालय गएको भएपनि माइलेज कम दिने गरेका कारण यसपाली इलेक्ट्रीक मोटरसाइकल बनाएको  इन्द्रजितले बताए ।  

विद्युतीय साइकल बनाउँदा घरपरिवार, शिक्षक, साथीहरूले दिएको स्याबासी, हौसला र प्रेरणाले १ वर्षपछि  विद्युतीय मोटरसाइकल बनाउन सफल भएको इन्द्रजित बत्ताउँछन् ।  

इन्द्रजितले बनाएको विद्युतीय मोटरसाइकलको सिस्टम सीटी सफारीको जस्तै छ। चाबी अन गरेर एक्सिलेटर चलाएपछि विद्युतीय मोटरसाइकल चल्छ । 

 साहले बाइकको फ्रेम, टायर लगायतका सामान कवाडीबाट ल्याएका थिए  भने बेलबारीस्थित गुरुकुल पाठशालाका प्रिन्सिपल कुमार खुलालले त्यसमा लाग्ने मोटर लिनिदिएका थिए।  मिटर डिस्प्ले, हेड लाइट लगाएका बाइक निर्माणमा प्रयोग भएको सामग्रीहरु अन्यत्रबाट किनेर ल्याएको साहले बताए। 

 विद्युतीय मोटरसाइकल बनाउंदा कुल ४० हजार खर्च लागेको उनले जनाए । राम्रो आर्थिक स्रोत भए अझैँ राम्रो बाइक र इलेक्ट्रीक कार बनाउने य्साहको योजना छ ।

रित्तिकको बुवा सुनिल साह  वैदेशिक रोजगारमा छन् । आमा बबिता साह ठेलामा प्याजी, आलुचप र चटपटे बेच्छिन्  । सुकुना माध्यमिक बिद्यालयका अनुसार   उनको पढाई सामान्य  छ।  आफ्नो चाहना सिभिल इन्जिनियर पढ्ने चाहना भएपनि आर्थिक समस्याका कारण कक्षा ९ मा अफ्सनल म्याथ लिएर पढेको  साहले बताए।  

बुधबार इन्द्रजित आफैले बनाएको इलेक्ट्रीक मोटरसाइकल चढेर आफु पढ्ने सुकुना माध्यमिक बिद्यालय आएका थिए ।  त्यहाँ उनले बनाएको मोटरसाइकल कुदाउनेको भिड नै लागेको थियो।  उनकाे प्रतिभालाई उच्च सम्मान गर्दै विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले कक्षा १२ सम्म निशुल्क पढाउने  बताएका छन् । त्यस्तै उनको घरमा पनि अचेल साथीभाईहरुको घुइंचो लाग्ने गरेको छ भने उनी मिडियाहरुमा समेत छाउन थालेका छन्।