विराटचोक — सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई  विद्यालय हाताबाट पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्री विक्री वितरण रोक्न आग्रह गरेको छ ।

नगरपालिकाले चैत १६ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई विद्यालय परिसर भित्रै वा विद्यालयले तोकेको स्थान/पसलबाट पुस्तक, स्टेशनरी, पोशाक लगायतका सामग्री खरिद गर्न अनिवार्य गर्ने गरेको भन्ने जनगुनासो आएको भन्दै त्यस्तो आग्रह गरेको हो ।

सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहहरुलाई गरेको १० बुदे अनुरोध पत्र पठाएको र त्यसको को बुँदा नं. ७ मा विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई विद्यालय परिसर भित्रै वा विद्यालयले तोकेको स्थान/पसलबाट पुस्तक, स्टेशनरी, पोशाक लगायतका सामग्री खरिद गर्न अनिवार्य गर्ने गरेको जनगुनासो प्राप्त हुन आएकोले यस खालको कार्य अविलम्ब बन्द गरी अभिभावकलाई खुला बजारबाट खरिद गर्ने अवसर प्रदान गर्ने गराउने व्यवस्थाका लागि सहजिकरण हुन अनुरोध भएको उल्लेख गरिएको छ ।  

प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेद्वारा हस्ताक्षरित कामकारबाहीमा त सूचनामा भनिएको छ " नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङ २ नं. इकाइ समितिको  २०८० चैत  ५ गते च. नं. ४ को पत्राkknowledge ओईकनुसार विभिन्न विद्यालयले विद्यालय हाताबाट पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्री बिक्री  वितरण भएको भन्ने गुनासो पत्र यस कार्यालयमा पेश भएको हुँदा यस्ता कार्य अविलम्ब बन्द गर्न सम्बन्धित सबैमा जानकारी साथ अनुरोध छ ।'

त्यसो त सुन्दरहरैंचा मात्रै होइन, बेलबारी लगायत मोरङका विभिन्न पालिकामा रहेका खासगरी संस्थागत विद्यालयका संचालकहरुले आफ्नो विद्यालय परिसर वा नजिकै आफैं वा आफन्त मार्फत पुस्तक पसल संचालन गर्दै आएका छन् ।

13483c10-9dcd-4ecf-b685-8981bdf9d1a3