• गीत...
  • ✍️ गणेश दवाडी

सुहाङ नै सुहाउँछन् इलाममा साथी
सरल र स्वाभिमानी लाग्छन् यिनी जाती ।

सुमधुर सुवासको झल्को यिनमा आउँछ
सुहाङले इलामको शिर सजाउँछ
सुवासका सपनाको दायित्व छ यिनमा
इलामको रेखदेख गर्छन् रात होस् या दिनमा ।।

संकल्पमा दृढ लाग्छन् इलामका लागि
पितापूर्खा सम्झिएर जाँदैनन् कहिँ भागी
बिचारले अडिग छन् एमालेको जगमा
इलामेली जनता छन् यिनको रक्तकणमा ।।

युवाका यी सारथी हुन् कि सानका मित्र
न्यायप्रेमी जनताको यिनमा आउँछ चित्र
उकाली र ओरालीका सुहाङ हुन् साथी
सुहाङको जितसँगै इलाम पुग्छ माथि ।।

.Untitled-4 (2) 1