पथरी — सहिद रत्नकुमार बान्तवा तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० माेरङ पथरीशनिश्चरे -२ को सिनभिलेज पार्टी प्यालेसमा शुरु बएको छ। एक समारोहका बीच पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मंगलबार प्रतियोगिता उद्घाटन गरेका छन्।
खेलाडीहरूको उत्पादन गर्ने र स्थानीय प्रर्यटकीय विकास र प्रवर्द्धन गर्ने अभिप्रायले आयोजित सो प्रतियोगितामा " सृजनशील र स्वस्थ्य दिमागको लागि बुद्धिचाल " भन्ने नारा तय गरिएको छ।
प्रमुख अतिथि नगरप्रमुख तुम्वापो र पूर्व राष्ट्रिय खेलाडी नवीन तण्डुकारले चेसको गोटी चालेर समुद्घाटन गरेका थिए। पूर्वका तारा भनेर चिनिएका शहीद रत्नकुमार वान्तवाको स्मृतिमा आयोजित प्रतियोगितामा १ सय २५ बढि खेलाडीहरूले सहभागिता जनाउने छन्। आगामी चैत ३० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आयोजना फ्रेण्डसिप चेश क्लब, पथरीशनिश्चरेले गरेको छ।
स्वागत मन्तब्य राखेकाे सो प्रतियोगितामा देशैभर काठमाडौं, चितवन, धनकुटा, कञ्चनपुर देखि ताप्लेजुङ्ग सम्मका १ सय २५ जना बढि खेलाडीहरूको सहभागिता रहने छ ।
यस प्रतियोगिताका ३६ जना बेष्ट प्लेयरलाई ३ लाख ५० हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ। प्रतियोगिताका प्रथम ( चेम्पियन) , दोस्रो ( फष्ट रनर अप) र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ५१ हजार, ३६ हजार र २५ हजार रुपैयाँ सहित ३६ विधाहरूका बेष्ट प्लेयरलाई ३ लाख ५१ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष राईले बताए।
क्लबका अध्यक्ष अमीर राईको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा मा वडा नम्बर -१ का वडाध्यक्ष भीम कुमार राई, वडा नम्बर -३ का वडाध्यक्ष विजय लिम्बु, कोशी प्रदेश बुद्धिचाल संघ अध्यक्ष सुरेन्द्र राई, तथा सदस्य -राम मादेन , नगरप्याब्सनका अध्यक्ष सुरेन्द्र लिम्बु, रेडस्टार माध्यमिक विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना , एभरेष्ट संचालक / निर्देशक दिनेश कन्दङ्वा, सुनाखरी माविका व्यवस्थापन अध्यक्ष प्रदीप राई , चन्द्र किराँतेश्वर मावि अध्यक्ष काशीहाङ राई, पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्मा, पूर्वराष्ट्रिय चेम्पियन बद्रीलाल नेपाली ,पूर्व चेम्पियन एवम् राष्ट्रिय खेलाडी नवीन तण्डुकार उपस्थिति रहेको थियो।




















