मोरङ — एक शिक्षिकालाइ घर पायक सरुवा मिलाइदिन यौनको प्रस्ताव राख्ने कानेपोखरी गाँउ पालिका कार्यालयको शिक्षा शाखा प्रमुख बेगबहादुर काफलेलाई अभद्र ब्यवहारको मुद्दा दर्ता भएको छ ।
बाहिरी जिल्लामा कार्यरत कानेपोखरीकी एक प्राथमिक तहकी शिक्षिकालाइ यौन प्यास मेट्नुपर्ने प्रस्ताव राखेको कुराकानीको स्कीन सर्ट सर्वजनिक भएपछि विवादमा आएका काफ्ले विरुद्ध अभद्र ब्यवहारको मुद्दा दर्ता भएको हो ।
पिडित शिक्षिकाले जाहेरी दर्खास्ता दिएपछि शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहेका काफले बिरुद्धमा अभद्र ब्यावहारको मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
काफ्लेले २०८० चैत्र १६ गते दिउँसो ४ बजेको समयमा कानेपोखरी-रंगेली सडक खण्डमा बाइक रोकेर आफु अधिकृत रहेको र ज्यान समेत लिन सक्ने भन्दै धम्काएको भन्दै महिलाले चैत्र २८ प्रहरीमा जाहेरी दर्खास्त दिएकी थिइन ।
आफु बिरुद्ध प्रहरीमा जाहेरी दर्खास्ता परेको सुचना पाउन बित्तिकै काफ्ले फरार रहेको प्रहरीले जनाएको छ ।
महालक्ष्मी नगरपालिका १ धनकुटा स्थाइ ठेगाना रहेका काफ्लेको खोजी कार्यको लागी प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठले जानकारी दिएका छन ।
स्थायी नियुक्ती लिएको ३ वर्ष भएकी एक शिक्षिकाले घर पायक आउनका लागि प्रकृया मिलाइदिन आग्रह गरेपछि
काफ्लेले म्यासेन्जरमा महिलालाइ बारम्बार यौन प्रस्ताव राखेका थिए । करिब एक महिनाअघि कुराकानीको स्क्रिन सर्ट सहित काफ्लेको काण्ड छताछुल्ल भएको थियो । काफ्लेले भने आफ्नो फेसबुक ह्याक भएको र आफुले शिक्षिकालाइ यौन प्रस्ताव नराखेको दाबी गरेका छन् ।



















