विराटचोक  मोरङको सुन्दहरैँचा नगरपालिकाले अवकाश भएका दुई कर्मचारीलाई बिदाई कार्यक्रम गरेको छ । नगरपालिले मंगलबार एक कार्यक्रमको आयोजना गरी कर्मचारीद्वय पुण्यप्रसाद ढकाल र भीमकुमार चौधरीलाई बिदाई गरेको हो ।

Untitled-28 65उनीहरुलाई नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं,उपमेयर अकली चौधरी,प्रमुख प्रशासकिय अधिकृत  विनोदकुमार न्यौपाने लगायतले मायाको चिनो, प्रशंसा–पत्र, टिका तथा खादा लगाएर बिदाई गरेका छन् । 

उक्त कार्यक्रममा कार्यपालिका सदस्य रुजा घिमिरे, नगपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकामा लेखा अधिकृतको रूपमा कार्यरत पुण्यप्रसाद ढकालले स्वेच्छिक अवकाश लिएका थिए भने चौधरी उमेरहदका कारण अवकाश भएका हुन् ।