पथरी  -  मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले बिहिबार सञ्चारकर्मी र पूर्ब जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । 

सम्मानितहुनेहरुमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, पथरीशनिश्चरे नगरका पूर्ब प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट.रहेका छन् ।

त्यसैगरी प्राडा० भुपेन्द्रकुमार बस्नेत   शंचराचार्य हेमानन्द गिरी, प्रदेश सभा पूर्व सदस्य कृष्णकुमारी राई, पूर्ब राष्ट्रिय फुटबलर दीपक राई, महिला फुटबल खेलाडी दीपा न्यौपाने, भारोतलन खेलाडी प्रकाश राई, कलाकार सरोजा खड्गी, गायक महेश बुढाथोकी   लगायतलाई सम्मान गरेको हो । 

सम्मानित हुनेहरुमा जनगायक वीरध्वज शिवा, लेखक दिपेन्द्रराज तिम्सिना, पत्रकार भूमिप्रसाद पाठक अर्जुन जम्नेली राई र  गोपाल काफ्ले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।IMG-20240502-WA0015 1त्यसरी नै अशोक शंकर, वीरबहादुर बस्नेत, मानप्रसाद लिम्बू, टेकबहादुर विष्ट, बसन्तकुमारी राई, बाबुराम एङ्देन र पथरी गाविस पूर्ब अध्यक्ष तिलक राईलाई मरणाेप्रान्त सम्मान गरेको हो । 

सम्मानपछि नगर प्रमुख मोहनप्रसाद तुम्वापो,  समाजसेवी एवम् बाैद्विक व्यक्तित्व  युवाराज बास्कोटाले शुभकामना  दिएका थिए । सम्मानितहरुको तर्फबाट  वीर अस्पतालका भीसी प्राडा० भुपेन्द्रकुमार  बस्नेत र हेमानन्द गिरीले आफ्नो अनुभुतिहरु राखेका थिए । वडा सचिव मित्रकला चापागाईले सञ्चालन गरेको कार्यक्रम वडा सदस्य सुरेश कार्कीले स्वागत र बसन्ती गुरुङले धन्यवाद मन्तव्य राखेका थिए । 

नेपाली कांगेस नगर सभापति रुपनारायण भट्टराई, स्थानीय समाजसेवी प्रदिपकुमार राई, तुलशी ढकाल, पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ खरेल लगायतको उपस्थिति रहेका थिए।

पथरीशनिश्चरे नगरपालिका—१ नं. वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पु¥याउदै आएका नगरको सम्पदाको रुपमा सम्मान गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताए ।