विराटचोक — नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुने गर्छ। राजनीतिक पार्टी तथा भातृ संगठनको नेतृत्व छनोट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनबाट गरिँदै आएको छ। तर, माेरङकाे सुन्दरहरैँचा नगरपालिका– ९ मा रहेकाे स्कलर्स हाेम स्कुलले क्याप्टेन (प्रमुख र उपप्रमुख) को छनोट निर्वाचनमार्फत गराएको छ।
विद्यालयमा केही समयदेखि रिक्त रहेको प्रमुख तथा उपप्रमुख पदमा विद्यार्थीहरूले शुक्रबार मतदान गरेर छनोट गरेको विद्यालयले जनाएको छ।
आफूले मनपराएकाे उमेदवारलाई भाेट दिएर स्थानीय तहकाे निर्वाचनकाे झझल्को दिने गरि विद्यार्थीले पनि आफ्नो क्याप्टेन र भाइस क्याप्टेन छनाेट गरेका थिए । ६ सय विद्यार्थीका साथमा कक्षा १० सम्म पढाइ हुने विद्यालयले मतदान गरेर क्याप्टन चुनेको थियाे । चुनावबाट क्याप्टेन स्मृति राई निर्वाचित छिन्। त्यस्तै भाइस क्याप्टेनमा सन्या खड्कालाई चयन गरिएको छ । यस्तै विद्यार्थी स्टुडेन्ट काेअडिनेटरमा युनिक सापकोटा छनाेट भएका छन् । ५ जना क्याप्टेन ६ जाना भ्याइस क्याप्टेन गरि निर्वाचन प्रकृयामा ११ विद्यार्थीले उम्मेदवारी दिएकाे विद्यालयका प्रिन्सिपल तिलक राईले जानकारी दिए।
५ जना क्याप्टेन ६ जाना भ्याइस क्याप्टेन गरि निर्वाचन प्रकृयामा ११ विद्यार्थीले उम्मेदवारी दिएकाे विद्यालयका सञ्चालक दुर्गाप्रसाद न्याैपानेले बताए । कार्यक्रममा मतदान अधिकृत क्षितिज कटुवाल रहेका थिए ।
विद्यार्थीलाई नेतृत्वको दायित्व बोध गराउदैं पदभार ग्रहण गराइएकाे छ । विद्यालयको वातावरणलाई विद्यार्थी मैत्री बनाउन, नेतृत्वको बिकास गर्न , पढाइसँगै अतिरिनिर्वाचित तथा मनोनित क्त क्रियाकलापलाई मजबुत बनाउन र विद्यार्थीको चौतर्फी विकास गर्नका लागि यस किसिमको कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल राईले बताए । उनले गाेप्य मतदानका लागि चुनाव प्रचारप्रसार लगायत विविध गतिविधि गरि नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले विद्यार्थीबीच निर्वाचन गराई क्याप्टेन र भाइस क्याप्टेन छानिएको उल्लेख गरे । 





















