काठमाडौं — सल्यानको बनगाड कुपिण्डे नगरपालिका– ४ देउलीमा एक दम्पती मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत फेला परेका हुन्।
उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका हुन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनको भनाइ छ। प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




















