लेटाङ- मोरङको लेटाङ नगरपालिकाका मेयर भुपेन्द्रकुमार लावतीले विकास र समृद्धिका लागि आग्रहपुर्वाग्रह त्याग्नुपर्ने बताएका छन् । मेयर लावतीले बिहिबार नगरपालिकामा आयोजित २५६८ औ बुद्द जयन्तिको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् ।
नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तर्जुमाका लागि सर्बपक्षिय सुझाब संकलन समेत गरिएको कार्यक्रममा नगरप्रमुख लावतिले नगरपालिकालाई समृद्धि तर्फ लानका लागि सबै मिलेर अगाढि बढ्नुपर्नेमा जोड दिए ।
नगरपालिकाले अबन्डा शिर्षकमा पैसा राख्ने कामको अन्त्य गरिदै लगिएको, स्मार्ट योजना बनाउदै लाने तर्फ लागिएको, राजस्व, भुगोल, जनसंख्याको आधार बनाएर बजेट बिनियोजन गरिने समेत नगरप्रमुख लावतिले बताए । आफू कार्यन्वयनमा लाने निकाय मात्र नभएकाले शाखा, र वडालाई अझै बजेट बढाएर लाने र गुणस्तरियतामा ध्यान बढाउने बताए ।
कार्यक्रममा पुर्व नगरप्रमुख शंकर राईले नगरपालिकाको समग्र विकासमा सवैको ध्यान जान जरुरी रहेको बताए । आफुले थालेका योजनाहरु हालको नेतृत्वले पुरा गर्ने चरणमा पुग्दै गएकोमा धन्यवाद समेत दिए । काम गर्ने क्रममा सबैको सल्लाहालाइ आत्मसात गर्न बर्तमान नेतृत्वलाई राईले सुझावपनि दिए ।
कार्यक्रममा नगरउपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रसासकिय अधिकृत नारायणप्रसाद न्यौपाने,वडा अध्यक्षहरु, पुर्व जनप्रतिनिधिहरु, राजनीतिकदलका प्रमुख, शैक्षिक क्षेत्रका व्यक्तित्व, समाजसेवी, सामुदायिक वन अभियान कर्मी, उध्योगी व्यवसायी लगायतले नीति तथा कार्यक्रमको विषयमा आफ्ना धारणा राखेका थिए ।




















