विराटचोक — यदि गर्मीमा पानीको अभावका कारण तपाईंको गला लगातार सुकी रहेको छ र चक्कर आइरहेको छ, आँखा रातो भइरहेको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो स्वास्थ्यका लागि खतराको घण्टी हुन सक्छ ।

शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले स्वास्थ्यमा गम्भीर परिणाम उत्पन्न हुन सक्छ । यो प्रभावलाई डिहाइड्रेसन(निर्जलीकरण) अर्थात् शरीरमा पानीको कमी भन्न सकिन्छ । इन्डियन मेडिकल एशोसिएसन महाराष्ट्रका पूर्वअध्यक्ष डा. अविनाश भोंडवेका अनुसार डिहाइड्रेसनका कारण हालत गम्भीर हुन सक्छ । गर्मीमा लगातार पसिनाका कारण शरीरमा पानीको मात्रा कम हुन्छ यसबाहेक शरीरमा नु्नको मात्रा पनि कम हुन सक्छ ।

अब यो सोच्न सक्नुहुन्छ कि एसीमा रहँदा त पसिना नआउन सक्छ । तर हरेक समय एसीमा बस्नाले तिर्खा कम हुन्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार यसले शरीरमा प्रतिकूल तथा दीर्घकालीन असर गर्न सक्छ । बढ्दो तापमानमा यदि शरीरको ठीक ढंगले रेखदेख गरिएन भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।