विराटचोक — माेरङकाे बेलबारीमा बेलबारी कला साहित्य महोत्सव २०८१ सुरू भएको छ। बेलबारी नगरपालिकाको  प्रमुख सहयोग र बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहिबार देखि उक्त महोत्सव सुरुभएको हो ।

बेलबारी बहुमुखी क्याम्पसको प्रांगणमा भएको महोत्सवको मेयर दिलप्रसाद राईले एक भव्य समारोहका बीच उदघाटन गरेका छन् ।

May be an image of 5 people, people studying and childrens toyमहोत्सवमा वक्तृत्वकला, कविता लेखन कार्यशाला,  लघुकथा लेखन कार्यशाला,  चित्रकला कार्यशाला, ज्येष्ठ नागरिक संग बालबालिका कार्यक्रम, चलचित्र  लगायत विभिन्न विधाका कार्यक्रम हुने बेलबारी प्रज्ञा प्रतिष्ठानका सदस्य टेकराज मगरले जानकारी दिए ।

बिहान १० बजे देखि बेलुकी ५ बजे महोत्सव खुल्ला हुने बताइएको छ । महोत्सव जेठ १९ गते सम्म संचालन हुनेछ । महोत्सवमा नगर भित्रका विद्यालयहरूले  विभिन्न प्रदर्शनी समेत राखेका छन् । बेलबारी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो  ।

May be an image of 1 person and text

May be an image of 5 people

May be an image of ‎5 people and ‎text that says '‎DARUIN 1OOD 000 CURURLL SCIENCESTALL e חסיך ๐๑‎'‎‎

May be an image of 7 people and text that says 'oυκσ EVEREST SEC. BELBARI-1,LAXMMARGA,MORANG BELBARI-11, LAXMIMARGA, MORANG ENGLISH BOARDING SCHOOL wol Pna'

e139cd90-1e19-440d-8842-2e4ab640ff9c