विराटचोक - मोरङको सुन्दरहरैँचामा अटिजम सम्बन्धी एक दिवसीय सचेतना तथा अन्तरक्रिया  कार्यक्रम गरिने भएको छ । आमकास नेपाल मोरङको आयोजना र सिद्धार्थ इङ्ग्लिस स्कुलको सहयोगमा यही जेठ २५ गते उक्त कार्यक्रम गरिने लागिएको हो ।

सुन्दरहरैँचा- १० स्थित सिद्धार्थ इङ्ग्लिस स्कुलको हलमा बिहान १० बजे देखि कार्यक्रम सुरु गरिने आमकास नेपाल मोरङकी अध्यक्ष उमादेवी सेढाइले जानकारी दिइन । तालिममा अटिजम सोसाइटी विराटनगरका प्रशिक्षक डा.सुमित,डा. मिरा लगायतले सहजिकरण गर्ने अध्यक्ष सेढाइले बताइन ।

उक्त सचेतना कार्यक्रममा नगर भित्र रहेका  विभिन्न  संघ/संस्थाका प्रतिनिधि साथै अटिजम भएका बालबालिकाहरूको अभिभावकलाई सहभागी गराइने संस्थाकी सचिव इन्दिरा प्रसाईँले जानकारी दिइन । 

५० जनाको सङ्ख्यामा हुने उक्त कार्यक्रममा सहभागी हुन् आमकास नेपाल मोरङले अनुरोध पनि गरेको छ ।