विराटनगर — विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्टमा वरिष्ठ सर्जन डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सिंहलाई मेसुमा नियुक्त गरिएको हो । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा वरिष्ठ कन्सलटेन्ट सर्जन डा. सिंहले यसअघि पनि  निमित्त मेसुको जिम्मेवारी पाएका थिए। 

यद्यपि, उनको छोटो कार्यकालमा कोशी अस्पतालमा न्यूरो सर्जरीको जटिल प्रकारको शल्यक्रिया गरेर बिरामीको सफल उपचार भएको थियो। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. सिंहको यसअघिको कार्यसम्पादन उत्कृष्ट भएका कारण उनलाई पुनः दोस्रोपटक पनि जिम्मेवारी दिइएको हो। उनी अनुभवी र स्वास्थ्य क्षेत्रका कुशल प्रशासक एवं चिकित्सक मानिन्छन्। 

डा. सिंहले बिहीबार पदभार ग्रहण गरेका छन्। उनले समग्र अस्पतालको सुधार गर्नेदेखि सेवा प्रवाहलाई चुस्त बनाएर लैजाने प्रतिबद्धता जनाए। ‘मेरो कार्यकालमा सरकारी अस्पताललाई सबै हिसाबले उकास्ने प्रयत्न हुने छ,’ डा. सिंहले भने, ‘सेवा प्रवाह चुस्त बनाउँदै उपचारमा सबैको पहुँच पुर्‍याउन भूमिका खेल्ने छु।’ अब कोशी अस्पतालमा गरिब र विपन्न वर्गले सहज उपचार पाउने वातावरण बन्ने उनले बताए। 

मेसुको जिम्मेवारीबाट हटाउँदै डा. झालाई भने वीरगन्जको नारायणी अस्पताल सरुवा गरिएको छ। मेसुको जिम्मेवारीमा रहँदा डा. झा विभिन्न विवादमा मुछिए। डा. फरवार्ड सिलवाल नेतृत्वको अस्पताल विकास समितिसँग साँठगाँठ गरेर विभिन्न अनियमितता गरेको आरोप उनीमाथि लागेको छ। 

सरकारी अस्पतालका भवनहरु प्रक्रिया पूरा नगरिकन बिना टेण्डर भत्काउनेदेखि निर्माण सामग्री गायब बनाएको आरोप डा.झालाई लागेको हो। कानुनविपरीत भवनहरु भत्काएर अस्पतालभित्रको माटो अनाधिकृत हिसाबले बेचेको लगायतका विवादमा उनी मुछिएका छन्। डा. झाका पालामा कानुन मिचेर गरिएका काम कारबाहीका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान गरिरहेको छ। 

अर्कोतर्फ उनका पालामा कर्मचारी नियुक्तिका विवादास्पद निर्णयहरु भएका छन्। विकास समिति अध्यक्ष डा. सिलवाल र मेसु झाको मिलेमतोमा अस्पतालमा आफन्त, नातागोता र नजिककाले नियुक्ति पाएका छन्। सरकारी अस्पताललाई सिध्याउन अनेक चलखेल गरेको भन्दै डा. सिलवाल र झाको आलोचना हुने गरेको छ। 

पछिल्लो समय अस्पतालको सेवा प्रवाह एकदमै कमजोर बनेर गएको छ। पहुँच नहुने, गरिब र निमुखाले सहज उपचार पाउन सकिरहेका छैनन्। अस्पतालको सेवालाई प्रभावकारी बनाउनेभन्दा पनि सिलवाल र झा व्यक्तिगत स्वार्थ पूरा गर्नतर्फ केन्द्रित भएको आरोप कर्म