काठमाडौं — तामाको भाँडामा पानी राखेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने विषयमा सबैलाई जानकारी भए पनि केही चिजहरू तामाको भाँडामा राख्दा विष समान बन्छ भन्ने कमैलाई थाहा होला ।

आज हामीले तामाको भाँडामा केही चिजहरू राखेर खाँदा त्यसले मानव स्वास्थ्यलाई पुर्‍याउने असरका बारेमा जानकारी दिएका छौँ ।

– अचार तामाको भाँडामा कहिल्यै पनि राख्नुहुँदैन । अचारमा भएको तत्त्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।

– दहीलाई तामाको भाँडामा राखेमा त्यसमा भएको पोषक तत्त्व उल्टै विषमा परिणत हुन्छ । तामाको भाँडामा राखेको दही खाँदा यसले पनि स्वास्थ्यमा असर पुर्‍याउँछ ।

– दूध पनि तामाको भाँडामा राख्दा दही जस्तै दूधमा भएको पोषक तत्त्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई वाकवाकी लाग्ने पेट दुख्ने लगायतका समस्या देखिन्छन् ।

– लेमन जूस पनि तामाको भाँडामा राख्नुहुन्न । यसमा भएको एसिड तामासँग रियाक्सन भएर विष समान बन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तामाको भाँडामा राखेको लेमन जुस खाँदा ग्याष्टिक बढ्ने, पेट दुख्ने समस्या देखिन्छ ।

– अमिलो खालका फलफूल, तरकारी लगायतका चिजहरू तामाको भाँडामा राख्नुहुन्न । यसरी तामाको भाँडामा राखेको खाएमा स्वास्थ्यमा असर पुर्‍याउँछ ।