विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । सोमबार नगर उपप्रमुख अंकली चौधरीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् ।

Untitled-2 (12) 44चौधौ नगर सभाले चालू खर्च तर्फ ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैया विनियोजन गरेको छ । त्यस्तै पुजिगत खर्च तर्फ १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ रुपैया विनियोजन गरेको हो । त्यस्तै नगर सभाले वितिय व्यवस्थापन शिर्षकमा ६५ लाख रकम विनियोजन गरेको छ ।

चौधौ नगर सभाले अघिल्लो आर्थिक वर्ष भन्दा १० करोड बजेट बढीको अनुमानित बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा नगरले १ अर्ब ७२ करोड ८ लाख २२ हजार रकम अनुमानित बजेट सार्वजनिक गरेको थियो ।

Untitled-2 (14) 41