•  ऋतु श्री

विराटचोक - मोरङको सुकुना बहुमुखी क्याम्पसले सुकुना प्रवाह रेडियो कार्यक्रम संचालन गर्ने भएको छ।  गत वैशाख २७ र २८ गते २५० भन्दा बढी विद्दयार्थीहरुलाई दुइ दिने रेडियो सम्बन्धि आधारभूत तालिम दिएर क्याम्पसले उक्त कार्यक्रम अगाडी बढाएको हो।

तालिमबाट छनोट भएका १० जना विद्यार्थीहरुको एउटा समिति  बनाई काम सुरु गरिएको क्याम्पसले जानकारी दिएको छ।

 कार्यक्रम रेडियो सुशेली १०६.३ मेगाहर्जबाट प्रशारण गरिने र कार्यक्रम विद्यार्थीहरुले नै संचालन गर्ने भएकाले उक्त कार्यक्रमले विद्यार्थीहरुको वाक क्षमता प्रस्फ़ुटनमा सहयोग गर्ने क्याम्पशाको दावी छ। यहि असारको २१ गते बाट सुरु हुन लागेको उक्त कार्यक्रमले  सुकुना क्याम्पस भित्रका विविध गतिविधिहरुलाई समेट्ने जनाइएको छ।

साप्ताहिक रुपमा संचालन हुने उक्त कार्यक्रम प्रत्यक हप्ताको शुक्रवार साँझ ७:३० बजेदेखि ८:०० बजे सम्म प्रसारण हुने छ। क्याम्पसमा भइरहेका गतिविधिका बारेमा जानकारी लिन अभिभावक तथा विद्यार्थीहरुले क्याम्पस नै धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै उक्त रेडियो कार्यक्रम संचालन गर्न लागेको क्याम्पसले जनाएको छ।