विराटचोक — नेकपा एमाले सुन्दरहरैँचा-१० न. शाखा कमिटीले बाढीको समस्यामा परेका पिडितहरुलाई राहत सामग्री वितरण गरेको छ । केहि दिन देखि भएको अविरल वर्षा कारण घर डुबानमा परी समस्यामा परेका  सुन्दरहरैँचा-१०का पिडितहरुलाई लाई राहत वितरण गरेको हो । 

शाखा कमिटीले मंगलबार बाढी पिडितलाई चामल,दाल,नुन,तेल लगायतका खाध्य सामग्री वितरण गरिएको १० न. वडा कमिटीका अध्यक्ष तेज गिरीले जानकारी दिए । उनले स्थानिय  छिद्रबहादुर राई ,सबिना लिम्बू ,इन्द्रकुमारी लिम्बू ,बिष्णुकुमारी सार्की लगायतलाई खाध्य सामग्री वितरण गरिएको बताए । 

 मुसलधारे वर्षाबाट प्रभावित सुकुना खोला किनारमा बसोवास गर्ने गरिव जनतालाई एमाले शाखा कमिटीको संयोजन तथा जनवर्गीय संगठनहरुको सहकार्य तथा आर्थिक सहयोगमा राहत वितरण गरिएको शाखा कमिटिका सचिव मिलन राईले बताए। 

राहत पाएपछि खुशी व्यक्त गर्दै बाढी पिडितहरुले एमाले पार्टीले दु:ख परेको बेला सहयोग गरेको भन्दै पिडितहरुले प्रसंशा समेत गरेका छन्। 

एमालेले  सुन्दरहरैँचाको अन्य धेरै ठाउँमा पनि राहत वितरण गरेको छ भने यसअघि पनि बिपत्तिमा परेकाहरुलाई राहत वितरण गरिसकेको जनाएको छ। 

उक्त राहत वितरणमा एमाले मोरङका नेता तथा पुर्व वडाध्यक्ष राजेश थापा, वडाध्यक्ष राजकुमार राई,नगर सचिवालय सदस्य कमल खनाल,रिटर्नी फेडेरेसनका नगर अध्यक्ष तुलसीजंग कार्की,युवा संघका नेता

संघका अध्यक्ष रबिना नेपाल,रिटर्नी फेडेरेसनका नगर अध्यक्ष तुलशी जुङग कार्की ,युवा संघका नेता सुमन वान्तवा,भुमि अधिकार तथा श्रमिक संघठन नगर  अध्यक्ष कुमार योगी,एमाले वडा कमिटी उपाध्यक्ष रविना नेपाल लगायतको उपस्थिति रहेको थियो ।