बिर्तामोड—नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ झापाले ‘एक युवा पाँच विरुवा’ अभियान अन्तर्गत आज कनकाईमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला स्तरमा सञ्चालन भइरहेको यो अभियानअन्तर्गत सबै पालिकामा वृक्षारोपण गरिने लक्ष्य राखिएको छ।

केन्द्रीय सदस्य झापा इञ्चार्ज खगेन्द्रराज आङ्देम्वेले “संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको” नारासहित एक महिने वृक्षारोपण अभियान चलाइरहेको जानकारी दिए। आजको कार्यक्रममा कनकाई–२ स्थित सुकेडाँगी सामुदायिक वनको जन्मोत्सव पार्कमा आँप र लिचीका विरुवा रोपिएका छन्।

कार्यक्रममा नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, वनका अध्यक्ष बलराम रिजाल लगायतले युवाहरूमाथि धन्यवाद व्यक्त गर्दै वृक्षारोपण प्रकृति संरक्षणका लागि महत्वपूर्ण भएको बताए।

वृक्षारोपण कार्यक्रम जिल्ला अध्यक्ष फूर्वा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन युवा संघका नेता विनोद रानाले गरेका थिए।