विराटनगर — वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य स्वास्थ लाभ गरि अस्पताल बाट डिस्चार्ज भएका छन् । विराटनगरको विराट नर्सिङ होममा उपचार गराईरहेका कलाकार आचार्य आज मंगलबार डिस्चार्ज भएका हुन् ।

आचार्य स्वास्थ लाभ गरि अस्पताल बाट डिस्चार्ज भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संजाल मार्फत डिस्चार्ज भएको जानकारी दिएका छन् । मुख्यमन्त्री कार्कीले अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बुझेपछि कलाकार आचार्यको पुर्ण स्वास्थ लाभको कामना पनि गरेका छन् ।

साउन ५  गते  विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए । त्यसको भोलि पल्ट बिहान उनीहरु काठमाडौँ फर्कने बेलामा नाकबाट रगत बगेपछि आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

 आचार्य अस्पताल भर्ना भए लगत्तै पनि मुख्यमन्त्री कार्की उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । कलाकार आचार्य आज नै काठमाडौँ फर्किएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।