दाङ — सर्पले डस्दा दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।

सर्पले  डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको तिमिल्सिनाले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।