विराटचोक — मोरङको सुन्दरहरैँचा-१० स्थित सुकुना माध्यामिक विद्यालयले ‘अभिभावकसँग सुकुना कार्यक्रम’ संचालन गरेको छ ।  गुणस्तरीय शिक्षाका निम्ति विद्यार्थीहरुलाई बढी भन्दा बढी व्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम’संचालन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

कक्षा ४ देखि सुरु भएको अभिभावकसँग सुकुना भन्ने कार्यक्रम अहिले सम्म कक्षा ६ सम्म पुर्याइएको सहायक प्रधानाध्यापक गिरीले बताए । उनले कक्षा ६ मा अध्यनरत ४ सेक्सनका अभिभावकहरु संग विद्यालयले केहि सल्लाह सुझाव लिने र उनीहरुको नानीहरुको बारेमा कक्षा शिक्षकले रिपोर्टिङ गर्ने कार्यक्रम गरिरहेको बताए। 

Untitled-3 (10) 4उनले भने,’सुकुना माविको शैक्षिक हवलाई उचाईमा पुर्याउन,गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीहरुलाई के कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुरालाई ‘अभिभावकसँग सुकुना’ ‘कार्यक्रमले मद्दत गर्ने छ ।'

यो कार्यक्रम १२ कक्षा सम्मकै अभिभावकहरुलाई विद्यार्थीहरु मार्फत्  निम्तो पठाउने र सबै अभिभावक क्रमश आएर आफ्नो नानीहरुको पढाईको बारेमा कुरा बुझ्ने अवसर पनि प्रधान गर्ने उनले बताए। यस कार्यक्रम मार्फद विद्यालयको पनि केहि कम्जोरी भए जानकारी गराउन सकिने उनले बताए।  

यो पनि पढ्नुहोस - डेंगु रोकथाम र नियन्त्रणका लागि सुकुना माविले सुरु गर्यो सरसफाइ अभियान

विद्यालयलाई अझ प्रगतिमा लैजान र समाजसँग जोडिनको लागि लागिपरिरहेको बताए। ‘अभिभावकसँग सुकुना’ भन्ने कार्यक्रम भदौ महिना भरी संचालन हुने समेत विद्यालयले जनाएको छ।

नेपाल सरकारबाट  नमूना विद्यालयको मान्यता प्राप्त गरेको यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल चार  हजार ९६ जना विद्यार्थीहरुले  अध्यन गरिरहेका  छन् ।   धेरै विद्यार्थीहरु अध्यन गराउने नेपालको २० ओटा सरकारी विद्यालयहरुको सूचीमा सुकुना मावि १२ औ स्थानमा रहेको छ ।