विराटचोक — मोरङको सुन्दरहरैँचा इन्द्रपुर क्रिकेट क्लबको नयाँ समिति गठन गरिएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको एक भेलाले सर्वसम्मतिमा प्रमेन्द्र केसिको अध्यक्षमा १० सदस्यीय समिति चयन भएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा सुमन कटवाल,उपाध्यक्षमा होमबहादुर पौडेल, सचिव रविन कोइराला,सह-सचिव उज्ज्वल दाहाल र कोषाध्यक्षमा गंगाराम शाह रहेका छन् । त्यसैगरी सदस्यहरुमा रुपेश भट्टराई,बिपिन ढकाल, असिम सुन्दास,अमन बस्नेत चयन भएका छन् ।
भेलाले सल्लाहकार समिति र संरक्षक समितिको पनि चयन गरेको नव गठित समितिका अध्यक्ष प्रमेन्द्र केसिले जानकारी दिए । ७ सदस्यिय रहेको सल्लाहकार समितिमा सन्तोष लिम्बु,निर्जल भट्टराई,सुनिल खनाल,एलिश ओझा ,कृष्ण घिमिरे,कृष्णमणि प्रसाई,शैलेस न्यौपाने रहेका छन् । त्यसगरी समितिको संरक्षक समितिमा रोशन ढकाल, बिक्की थापा रहेका छन् ।



















