विराटचोक— सामाजिक क्षेत्रमा उत्कृष्ट कामहरु गर्दै आएको आप्रवासी महिला कामदारहरुको संस्था आमकास नेपाल मोरङले आत्महत्या रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्ने भएको छ ।
संस्थाले यही भदौ २६ गते सुन्दरहरैँचा नगरपालिका-८ स्थित शिक्षा निकेतन माविमा ११ र १२ मा अध्ययनरत छात्र/छात्रा हरु माझ विहान ९ बजे देखि उक्त कार्यक्रम गर्ने भएको हो ।
आत्महत्या रोकथाम र यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको संस्थाकी अध्यक्ष: उमादेवी सेढाईले जानकारी दिइन ।आत्महत्या जस्तो गम्भीर विषयमा जनमानसमा चेतना फैलाउन यो कार्यक्रम महत्त्वपूर्ण रहेको छ।
विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० मा पर्ने भए पनि यसलाई सप्ताह ब्यापी अभियानको रुपमा आत्महत्या रोकथाम सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि अभियानको रुपमा मनाईन्छ । यसै अनुरुप आमकास नेपालले पनि सेप्टेम्बर १० कै दिनमा यो कार्यक्रम गर्न केही प्राबिधिक कारणले नसकिएको हुहुदाँ सेप्टेम्बर ११ का दिन मनाउने निधो गरिएको अध्यक्ष: सेढाईले बताइन ।



















