विराटचोक — प्याबसन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगितामा प्रथम स्थान हासिल गरेका आफ्ना विद्यार्थीहरुलाई मोरङको सुन्दरहरैँचा-९ मा रहेको स्कलर्स होम स्कुलले सम्मान गरेको छ । विहिबार विद्यालयले एक भव्य कार्यक्रमको आयोजाना गरी उक्त प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै प्रथम हुने ४ जना विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरेको हो ।
बुधवार विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै प्रथम भएका पुजा दाहाल, सायरा श्रेष्ठ, सर्वस्कार राई र जेनिस पौडेल गरी ४ जना विद्यार्थीहरुलाई जनही पाँच हजार नगद सहित, प्रमाणपत्र तथा खदा लगाएर सम्मान गरेको हो ।
आफ्नो विद्यालयको नाम उच्च स्थानमा राख्न सफल भएकोमा विद्यार्थीहरुलाई धन्यवाद सहित सम्मान गरिएको विद्यालयका प्रिन्सिपल तिलक राइले बताए । प्याबसन मोरङ जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको १४ औ संस्करण सम्ममा आइपुग्दा सुन्दरहरैँचामै पहिलो पटक र आफ्नो विद्यालय पहिलो भएको प्रिन्सिपल राइले बताए । कार्यक्रममा विजेता विद्यार्थीहरूलाई सोही विद्यालयका स्काउट टिमले सलामी अर्पण गरेको थियो । सो स्कुलका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा प्रिन्सिपल राईले यो उपाधि विद्यालयका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।
मोरङ जिल्लाका तीन सय जना भन्दा बढी विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा स्कलर्स होम प्रथम, पथरीको हाईल्याण्ड स्कुल दोस्रो तथा उर्लावारीको सप्तकोशी स्कुलले तेस्रो स्थान हाँसिल गरेका थिए भने उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र, शिल्ड, मेडल तथा ट्रफी प्राप्त गरेका थिए ।
नर्सरी देखि कक्षा १० सम्म सरल तथा कम शुल्कमा स्कलर्स होम स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आकर्षक भौतिक पूर्वाधार सहितको उक्त विद्यालय निकट भविष्यमा सुन्दरहरैँचाकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित हुने देखिएको छ ।
- युटुवमा हेर्नुहोस भिडियो


















