• करण चौहान 

विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका -१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसले एक दिवशीय कार्यशाला सम्पन्न गरेको छ । 

शनिवार क्याम्पसको सभाकक्षमा शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, प्रधानाध्यापकहरू र संघ /संस्थाका प्रतिनिधिहरूलाई जीवनदृष्टि एवम् जीवनशैली विषयमा कार्यशाला सम्पन्न गरेको हो ।

 कार्यक्रममा सहजकर्ताका रुपमा जीवनशैली, वैज्ञानिक अध्यात्म, योग प्रशिक्षक, लेखक, अनुसन्धानकर्ता र वातावरण संरक्षक तथा अन्तर्राष्ट्रिय स्तरमा योग आयुर्वेदविज्ञका प्रशिक्षक डा. राजु अधिकारीले जीवनदृष्टि एवम् जीवनशैलीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सहजकर्ता अधिकारीले जीवन स्वस्थ्य बनाउन अपनाउनु पर्ने उपायहरू र सकारात्मक सोचको विकास गर्ने तरिकाहरू समेत प्रस्तुत गरेको क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए । कार्यक्रम संचालनको बिचबिचमा सहजकर्ता अधिकारीले योग अभ्यास समेत गराएको दाहालले बताए ।

Untitled-2 (7) 9कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सहजकर्तालाई स्वागतसम्मान गरेका थिए भने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले कार्यक्रमलाई संचालन गरेका थिए । 

करिव सयजना भन्दा बढी सहभागीता  रहेको उक्त कार्यक्रमको अन्तमा जीवन सुखि र समृद्ध बनाउने विषयमा  प्रश्नोत्तर र छलफलसमेत गरिएको क्याम्पसका अधिकृत नवराज कोइरालाले जानकारी दिए ।

कोशी प्रदेश मै धेरै विद्यार्थीहरुले उच्च शिक्षा लिदै आएको सुकुना बहुमुखी क्याम्पस नेपालमा नै सुपरिचित एवम् स्थापित लोकप्रिय सामुदायिक शैक्षिक संस्था हो । उक्त क्याम्पसमा प्लसटु देखि आइटी देखि स्नाकोत्तर सम्मको विभिन्न विषयमा सस्तो शुल्कमा पठन पाठन हुदै आएको छ ।